नेपाल टेलिकमको पोस्टपेड नम्बर लिएकाहरुलाई दुई प्रतिशत स्वामित्व चार्ज लाग्ने भएको छ ।
नेपाल टेलिकमले आफ्ना पोस्टपेड मोबाइलका ग्राहकहरुलाई म्यासेज गरी स्वामित्व कर लाग्ने भएकोले प्रत्येक रिचार्जमा दुई प्रतिशत स्वामित्व कर काटिने जानकारी दिएको हो ।
नेपाल टेलिकमका सहप्रवक्ता कृष्णप्रसाद भण्डारीका अनुसार यो कर पोस्टपेड ग्राहकलाई मात्र लाग्ने छ । प्रिपेडका ग्राहकलाई भने पहिलेदेखि नै लाग्दै आएको छ ।
भन्डारीले भने, ‘प्रिपेडमा पहिलेदेखि नै प्रत्येक रिचार्जमा दुई प्रतिशत स्वामित्व चार्ज लिइँदै आएको थियो, पोस्टपेडमा भने धरौटी राख्दा नै लिइने भएकोले लिने गरिएको थिएन, अबदेखि भने लिइने छ ।’
उनले आर्थिक ऐन २०७७ बमोजिम सो कर लिएको पनि जानकारी दिए ।