काठमाडौं- बुधबारयता रेकर्ड कायम भइरहेको सुनको मूल्य आज पनि अहिलेसम्मकै उच्च विन्दुमा पुगेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज (मंगलबार) छापावाल सुन प्रतितोला ७०० रुपैयाँ बढेर ९८ हजार २०० रुपैयाँ कायम भएको छ। हिजो (सोमबार) यसको मूल्य ९७ हजार ५०० रुपैयाँ तोकिएको थियो।
यस्तै, तेजाबी सुन प्रतितोला ९७ हजार ७६० रुपैयाँ निर्धारण गरिएको छ।
गत बुधबार तोलाको १३ सय रुपैयाँ बढेर ९४ हजार कायम भएको छापावाल सुन बिहीबार ९४ हजार ५०० रुपैयाँ तोकिएको थियो। यस्तै, शुक्रबार ९५ हजार ८०० रुपैयाँ निर्धारण गरिएको सुनको भाउ आइतबार ९६ हजार ३०० पुगेको थियो। शनिबार भने सुनको भाउ तोकिँदैन।