काठमाडौं– आज (सोमबार) सुनको मूल्य प्रतितोला ९७ हजार ५०० तोकिएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यो हालसम्मकै सार्वधिक मूल्य हो।
आइतबार ९६ हजार ३०० मा कारोबार भएको थियो।
त्यस्तै आज तेजाबी सुनको मूल्य ९७ हजार ६० कायम भएको छ। चाँदीको मूल्य प्रतितोला एक हजार २१० तोकिएको छ।