बुधबार, भदौ १०, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • १० करोड बराबरको ट्रेजरी बिल बिक्री गर्दै राष्ट्र बैंक

१० करोड बराबरको ट्रेजरी बिल बिक्री गर्दै राष्ट्र बैंक

नेपाल राष्ट्र बैंकले सोमबार रु १० करोड बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ।
 |  आइतबार, साउन ११, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, साउन ११, २०७७

काठमाडौं- नेपाल राष्ट्र बैंकले सोमबार रु १० करोड बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ।

केन्द्रीय बैंकले एक सूचनामार्फत सोमबार ट्रेजरी बिल बिक्री हुन लागेको जनाएको हो। ट्रेजरी बिल बोलकबोलको प्रक्रियाबाट बिक्री गरिनेछ।

कुल ९१ दिने अवधिका लागि बिक्री गर्न लागिएको सो ट्रेजरी बिल आगामी कात्तिक ११ गते परिपक्व हुनेछ। यसअघि बैंकले यही साउन ५ गते पनि रु पाँच अर्ब २० करोड बराबरको ट्रेजरी बिल बिक्री गरेको थियो।

प्रकाशित: Jul 26, 2020| 22:23 आइतबार, साउन ११, २०७७
प्रतिक्रिया दिनुहोस्