बुधबार, भदौ १०, २०८३

२२.४० अंकले बढ्यो सेयर बजार

आइतबार सेयर बजार परिसूचक नेप्से २२.४० अंकले बढेको छ।
 |  आइतबार, साउन ११, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, साउन ११, २०७७

काठमाडौं– आइतबार सेयर बजार परिसूचक नेप्से २२.४० अंकले बढेको छ।

दोहोरो अंकले बढेको नेप्से १ हजार ४६५ विन्दुमा पुगेर रोकिएको हो।

आज जलविद्युत्, होटल र म्युचुअल फण्डबाहेक सबै समूह सकारात्मक भए।

जीवन बिमा ३.९६ र निर्जीवन बिमा ३.९१ र वाणिज्य बैंकको समूह १.३२ प्रतिशतले बढेको छ।

आइतबार एनआईसी एसिया बैंक, नेपाल लाइफ इन्स्योरेन्स र नेपाल पुनर्बिमा कम्पनीको सबैभन्दा बढी सेयर कारोबार भएको छ।

मिर्मिरे फाइनान्सका लगानीकर्ताले ९.९७ प्रतिशत र तारागाउँ रिजेन्सी होटलका लगानीकर्ताले ९.९६ प्रतिशतले कमाएका छन्। त्यस्तै बेस्ट फाइनान्सका लगानीकर्ताले ६.५४ र नेशनल हाइड्रोका लगानीकर्ताले ३.७० प्रतिशतले गुमाएका छन्।

आज १९० कम्पनीको ४५ लाख ६०३ कित्ता सेयर किनबेच हुँदा एक अर्ब ९४ करोड २६ लाख मूल्यको सेयर काराेबार भएको छ।

 

प्रकाशित: Jul 26, 2020| 16:15 आइतबार, साउन ११, २०७७
प्रतिक्रिया दिनुहोस्