बुधबार, भदौ १०, २०८३

सिभिल बैंकका सीईओको फेसबुक ह्याक गरेर पैसा मागियो

सिभिल बैंकका प्रमूख कार्यकारी अधिकृत (सीईओ) गोविन्द गुरुङको फेसबुक एकाउन्ट ह्याक भएको छ।
 |  आइतबार, साउन ११, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, साउन ११, २०७७

काठमाडौं– सिभिल बैंकका प्रमूख कार्यकारी अधिकृत (सीईओ) गोविन्द गुरुङको फेसबुक एकाउन्ट ह्याक भएको छ।

फेसबुक ह्याकरले च्याटमार्फत पैसा मागेका छन्। ह्याकरले ई–सेवामार्फत पैसा पठाउन भनेका छन्।

सापटी लिएको पैसा ह्याकरले भोलि बिहान फिर्ता गर्ने पनि बताएका छन्।

सीईओ गुरुङले फेसबुक ह्याक भएको विषय प्रहरीलाई खबर गरेको जानकारी दिए। उनले नेपाल समयसँग कुरा गर्दै भने, ‘मैंले फेसबुक चलाएको छैन, सबैजना सचेत भइदिनुहोला।’

 

प्रकाशित: Jul 26, 2020| 15:45 आइतबार, साउन ११, २०७७
प्रतिक्रिया दिनुहोस्