बुधबार, भदौ १०, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • सनराइज बैंकको नयाँ योजना : ४० वर्ष अवधिको घरजग्गा कर्जा

सनराइज बैंकको नयाँ योजना : ४० वर्ष अवधिको घरजग्गा कर्जा

सनराइज बैंकले ४० वर्षे अवधिको घर जग्गा कर्जा योजना ल्याएको छ । 
 |  आइतबार, साउन ११, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, साउन ११, २०७७

सनराइज बैंकले ४० वर्षे अवधिको घर जग्गा कर्जा योजना ल्याएको छ । 

बैंकले ९.९५ प्रतिशत ब्याजदरको सनराइज घर कर्जा योजना ल्याएको जनाएको छ । घर निर्माण, घर तथा जग्गा खरिद र सेयरको धितो कर्जा योजना ल्याएको छ ।

बैंकले ९.९५ प्रतिशतको सेयर धितो कर्जा योजना पनि ल्याएको छ । कोभिड १९ ले अर्थव्यवस्थामा परिरहेको असहज परिस्थितिका बावजुत पनि कर्जा सुविधालाई सहजीकरण गर्ने उद्देश्यले बैंकले नयाँ कर्जा योजना ल्याएको जनाएको छ ।

कर्जा लिन चाहने ग्राहकले विनाझन्झट छिटो छरितो कर्जा प्राप्त गर्न सक्ने बैंकले जनाएको छ । बैंकको १३४ स्थानमा फैलिएको शाखाबाट यो सुविधा प्राप्त गर्न सकिने जनाइएको छ ।

प्रकाशित: Jul 26, 2020| 14:09 आइतबार, साउन ११, २०७७
प्रतिक्रिया दिनुहोस्