बुधबार, भदौ १०, २०८३

पूर्वी चितवनमा १३२ केभी सबस्टेसन निर्माण सम्पन्न

काठमाडौ– पूर्वी चितवनमा १३२–३३११ केभी सबस्टेसन निर्माण सम्पन्न भएको छ ।
 |  आइतबार, साउन ११, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, साउन ११, २०७७

काठमाडौ– पूर्वी चितवनमा १३२–३३११ केभी सबस्टेसन निर्माण सम्पन्न भएको छ । चितवनका रत्ननगर, खैरहनी, राप्ती र कालीका नगरपालिकाको विद्युत् आपूर्तिलाई गुणस्तरीय र विश्वसनीय बनाउन पूर्वी चितवन सबस्टेसन निर्माण गरिएको हो ।

निर्माण सम्पन्न भएपछि मकवानपुरको हेटांैडाबाट चितवनको भरतपुरतर्फ गएको १३२ केभी प्रसारण लाइनबाट प्रवाह भएको विद्युत्लाई पूर्वी चितवन सबस्टेसन भित्र छिराएर बाहिर सफलतापूर्वक चार्ज गरिएको नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी दिए ।

हेटौडा–भरतपुर प्रसारण लाइनबाट प्रवाह भएको विद्युत्लाई त्यस क्षेत्रमा आपूर्ति गर्न पूर्वी चितवन सबस्टेसन निर्माण गरिएको हो । ‘सबस्टेसन राखिएका १३२–३३ केभी, ३० एमभीएका दुईवटा पावर ट्रान्सफर्मरमध्ये एउटा नो लोडमा चार्ज गरिएको छ, अब त्यसलाई लोड दिएर चार्ज गरिने छ,’ कार्यकारी निर्देशक घिसिङले भने, ‘त्यहाँबाट स्थानीय उपभोक्तालाई विद्युत् आपूर्तिका लागि ३३–११ केभी, १६.६ एमभीए पावर ट्रान्सफर्मर आइतबार चार्ज गरिएको छ, सबस्टेसन स्वचालित प्रणालीको संचालन र ११ केभी फिडरबाट एक हप्ताभित्र विद्युत् वितरण गर्ने लक्ष्यका साथ काम गरिरहेका छौं ।’

उनले सबस्टेसन संचालनमा आएपछि प्राविधिक चुहावट करिब ४–५ प्रतिशत घट्ने, ग्राहकले पनि गुणस्तरीय, भरपर्दो र पर्याप्त विद्युत् पाउने र प्रसारण क्षमताले नधानेर गर्मीमा बाध्यकारी लोडसेडिङ गर्नु पर्ने अवस्थाको पनि अन्त्य हुने बताए ।

अहिले भरतपुरमा रहेको १३२ केभी सबस्टेसनबाट करिब २१ किलोमिटर ३३ केभी लाइनमार्फत ३३–११ केभी चैनपुर सबस्टेसनमार्फत चितवनको पूर्वी क्षेत्रमा विद्युत् आपूर्ति भइरहेको छ ।

लामो लाइन र क्षमताले नधान्दा लाइन चुँडिने, ट्रिपिङ हुने, लो भोल्टेज र विद्युत्को प्राविधिक चुहावटको समस्या थियो । पूर्वी चितवन सबस्टेसनबाटै विद्युत् आपूर्ति हुन थालेपछि भरतपुर सबस्टेसनको लोड पनि काम हुने छ ।

नेपाल सरकाको लगानीमा राप्ती नगरपालिका–६ हर्दीमा सबस्टेसनको निर्माण भएको हो । आयोजनाको अनुमानित लागत ५४ लाख अमेरिकी डलर छ । आयोजनाको आर्थिक वर्ष २०७२–०७३मा सुरु भएको थियो ।

गत चैतभित्रमा संचालन गर्ने लक्ष्य राखिएको सबस्टेसनको निर्माण विश्वभर महामारीको रुपमा फैलिएको कोभिड–१९का कारण प्रभावित हुँदा केही ढिला भएको हो । स्थानीय रुपमा विद्युत् आपूर्तिका लागि हर्दीबाट पर्सा सबस्टेसनसम्म करिब १० किलोमिटर ३३ केभी डबल सर्किट प्रसारण लाइन र ११ केभी वितरण लाइन पनि निर्माण गरिएको छ ।

दमक र बर्दघाट सबस्टेसनको क्षमता बढाइयो

नेपाल विद्युत प्राधिकरणले विद्युत आपूर्तिलाई व्यवस्थित,भरपर्दो र प्रभावकारी बनाउन झापाको दमक र नवलपरासीको बर्दघाटस्थित सबस्टेसनहरुको क्षमता बढाएको छ ।

दमकको पाडाजुँगीस्थित सबस्टेसनमा १३२–३३ केभी, ६३ एमभीएको पावर ट्रान्सफर्मर थपी शनिबारबाट संचालनमा (चार्ज) ल्याइएको प्राधिकरणका प्रसारण निर्देशनालयका उपकार्यकारी निर्देशक बज्रभूषण चौधरीले जानकारी दिए । हाल त्यहाँ ३० एमभीएको ट्रान्सफर्मर थियो । अब नयाँ थप गरिएपछि ट्रान्सफर्मरको क्षमता ९३ एमभीए पुगेको छ ।

यसैगरी, नवलपरासीको बर्दघाट सबस्टेसनको क्षमता बढाउन १३२–११ केभी, २२.५ एमभीएको पावर ट्रान्सफर्मर राखिएको छ । ७ एमभीएको ट्रान्सफर्मरलाई हटाएर २२.५ एमभीएको राखिएको हो । त्यहाँ २२.५ र ७ एमभीएका ट्रान्सफर्मर थिए ।

अब सस्टेसनमा रहेका ट्रान्सफर्मरको क्षमता ४५ एमभीए पुगेको छ । प्राधिकरणले विद्युतको पहुँच बढाउन गुणस्तरीय तथा विश्वसनिय विद्युत् आपूर्तिका लागि मुलुकभर नै नयाँ सबस्टेसनको निर्माण र वितरण प्रणाली सुदृढीकरण तथा विस्तारलाई अभियानकै रुपमा चलाइरहेको छ ।

 

प्रकाशित: Jul 26, 2020| 13:35 आइतबार, साउन ११, २०७७
प्रतिक्रिया दिनुहोस्