काठमाडौं– नेपाल सुनचाँदी व्यवसायी महासंघको तेस्रो महाधिवेशन तथा ७ औं वार्षिक साधारणसभा असोज २५ र २६ गते काठमाडौंमा हुने भएको छ।
महासंघको हालै सम्पन्न १७ औं कार्यसमितिको बैठकले असोज १२ गते प्रदेश महासंघको निर्वाचन गर्ने निर्णय पनि गरेको छ ।
साधारणसभामा देशभरवाट करिव ४०० प्रतिनिधि सहभागी हुनेछन् ।
बैठकले साधारणसभा तथा महाधिवेशन सम्पन्न गर्नका निमित्त वरिष्ठ उपाध्यक्ष माणिकरत्न शाक्यको संयोजकत्वमा मूल समारोह समिति गठन गर्नुका साथै अन्य उपसमिति समेत गठन गरेको छ ।
हिराको मूल्य निर्धारण समिति गठन
महासंघले हिरा लगायत रत्न पत्थरहरुको अध्ययन र परीक्षण गर्न जेमोलोजिकल ल्याब स्थापना गर्ने निर्णय गरेको छ।
यस्तै, हिरा तथा बहुमूल्य पत्थरको मूल्य निर्धारण समिति गठन हुने पनि महासंघले जनाएको छ।