काठमाडौं– आइतबार सुन प्रतितोला ९६ हजार ३०० मा कारोबार भइरहेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यो हालसम्मकै उच्च मूल्य हो।
शुक्रबार तोलाको ९५ हजार ८०० मा कारोबार भएको थियो।
आज तेजाबी सुनको मूल्य ९५ हजार ८६० तोकिएको छ। शुक्रबार तोलाको ९५ हजार ३६५ थियो।
त्यस्तै आज चाँदी प्रतितोला एक हजार १५५ मा कारोबार भइरहेको छ।