बुधबार, भदौ १०, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • सुनको मूल्यमा दिनहुँ रेकर्ड, पाँच दिनमा तोलाको ३६०० बढ्यो

सुनको मूल्यमा दिनहुँ रेकर्ड, पाँच दिनमा तोलाको ३६०० बढ्यो

बुधबारयता दिनहुँ रेकर्ड कायम भइरहेको सुनको मूल्य आज पनि अहिलेसम्मकै उच्च विन्दुमा पुगेको छ।
 |  आइतबार, साउन ११, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, साउन ११, २०७७

काठमाडौं- बुधबारयता दिनहुँ रेकर्ड कायम भइरहेको सुनको मूल्य आज पनि अहिलेसम्मकै उच्च विन्दुमा पुगेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९६ हजार ३०० रुपैयाँ तोकिएको छ।

गत बुधबार तोलाको १३ सय रुपैयाँ बढेर ९४ हजार कायम भएको सुन बिहीबार पाँच सय रुपैयाँ बढेको थियो। शुक्रबार पुनः तोलाको १३ सय रुपैयाँ बढेको सुन आइतबार पाँच सय बढेको हो। शुक्रबार तोलाको ९५ हजार ८०० मा कारोबार भएको थियो। 

यस्तै, तेजाबी सुनको मूल्य प्रतितोला ९५ हजार ८६० रुपैयाँ कायम भएको छ। शुक्रबार तोलाको ९५ हजार ३६५ थियो।

चाँदीको मूल्य भने तोलाको १ हजार १५५ रुपैयाँ पुगेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

 

प्रकाशित: Jul 26, 2020| 11:27 आइतबार, साउन ११, २०७७
प्रतिक्रिया दिनुहोस्