सोमबार, मंसिर १०, २०८१
  • गृहपृष्ठ
  • समाज
  • सुदूरपश्चिम प्रदेशमा अझैं बनेन सम्भावित जोखिम नक्सांकन

Siddartha premir insuranceSiddartha premir insurance

सुदूरपश्चिम प्रदेशमा अझैं बनेन सम्भावित जोखिम नक्सांकन

सुदूरपश्चिम प्रदेशमा पछिल्लो एक महिनामा बाढीपहिरो, चट्याङ्, सर्पदंश लगायतका ४१ घटना भएका छन्। यी घटनामा १६ जनाको मृत्यु भएको छ भने १८ जना घाइते भएका छन्।
 |  शुक्रबार, साउन ९, २०७७
nespernesper

भीम चौधरी

भीम चौधरी

शुक्रबार, साउन ९, २०७७

धनगढी- सुदूरपश्चिम प्रदेशमा पछिल्लो एक महिनामा बाढीपहिरो, चट्याङ्, सर्पदंश लगायतका ४१ घटना भएका छन्। यी घटनामा १६ जनाको मृत्यु भएको छ भने १८ जना घाइते भएका छन्।

triton college

राष्ट्रिय आपतकालीन कार्य सञ्चालन केन्द्रको तथ्यांकअनुसार सुदूरपश्चिम प्रदेशका पहाडी जिल्ला बाढिपहिरोको उच्च जोखिममा छन् भने तराईका जिल्ला बाढिपहिरो, कटान र डुबानको जोखिममा छन्।

सुदूरपश्चिममा हरेक वर्ष बाढीपहिरो, कटान, डुबान, सर्पदंशका कारण ठूलो धनजनको क्षति हुँदै आएको छ।

प्रदेशका विभिन्न जिल्लामा हरेक वर्ष बाढीपहिरो लगायतका प्राकृतिक विपद्का घटनामा वृद्धि भइरहे पनि प्रदेश सरकारले अहिलेसम्म विपद् आउनुपूर्वका सम्भावित जोखिम स्थानको नक्सांकन गर्न सकेको छैन।

विपद्पूर्व जोखिम नक्सांकनले प्राकृतिक विपद्को जोखिम रहेका जिल्ला, स्थान, वडा, टोल लगायतको पहिचान गरी वस्ती स्थानान्तरण, जोखिम नियन्त्रण तथा प्रतिकार्य लगायतका योजना तथा कार्यक्रम निर्माण गर्न मद्दत गर्दछ। तर, प्रदेश सरकारले आर्थिक वर्ष २०७५/०७६ मै समेटेको यो कार्यक्रम अझैं कार्यान्वयनमा आउन सकेको छैन।

Metro Mart
vianet

प्रदेशको आर्थिक मामिला तथा कानुन मन्त्रालयका सचिव कृष्णबहादुर रावतले चालू आर्थिक वर्षमै नक्सांकनको कार्य पुरा गरिने बताए। ‘कोरोना महामारीका कारण गत आर्थिक वर्षमा कार्यक्रम प्रभावित भयो’, सचिव रावतले भने, ‘यो वर्ष नक्सांकनको कार्य पुरा हुन्छ।’

राष्ट्रिय आपतकालीन कार्य सञ्चालन केन्द्रले देशभर डुबान, बाढी र पहिरोलाई समेटेर वडा, टोल तथा नदीको नामसहित नक्सांकन गरेको छ। आपतकालीन कार्य सञ्चालन केन्द्रका अनुसार सुदूरपश्चिम प्रदेशका नौवटै जिल्ला बाढी, पहिरो तथा डुबानको उच्च जोखिममा रहेको छ।

केन्द्रका अनुसार सुदूरपश्चिम प्रदेशको एकमात्र उप–महानगरपालिका धनगढी उप–महानगरपालिकाको वडा नम्बर ३, ८ र ११ बाढीको जोखिममा छन्। कैलालीकै बर्दगोरिया गाउँपालिकाको वडा नम्बर ३, ५, ६, र ७, तथा घोडाघोडी नगरपालिकाको वडा नम्बर ५, ७, ११ र १२ तथा जानकी गाउँपालिका वडा नम्बर ९ बाढीको उच्च जोखिममा छन्।

यस्तै, कैलालीकै टीकापुर नगरपालिकाको वडा नम्बर ३, ७ र ९, भजनी नगरपालिकाको वडा नम्बर २, ३, ६, ८ र ९, गौरीगंगा नगरपालिकाका वडा नम्बर ७, मोहन्याल गाउँपालिकाको वडा नम्बर १ र ९ तथा चुरे गाउँपालिकाको वडा नम्बर २ पहिरोको उच्च जोखिममा रहेको राष्ट्रिय आपतकालीन कार्य सञ्चालन केन्द्रले जनाएको छ।

केन्द्रका अनुसार कञ्चनपुरको महाकाली नगरपालिका वडा नम्बर १, ३, ४, ६, ८, ९ र १०, भिमदत्त नगरपालिका वडा नम्बर ३, ९, १०, ११, १२, १३ र १५, बेल्डाडी गाउँपालिका वडा नम्बर १,२, ३, ४ र ५, शुक्लाफाँटा नगरपालिका, बेल्डाडी गाउँपालिका, पुनर्वास नगरपालिका वेदकोट नगरपालिका वडा नम्बर २, ३, ४, ५, ६ र ७, कृष्णपुर नगरपालिका वडा नम्बर १, ३, ४, ७, ८ र ९ मा बाढी तथा डुबानको जोखिममा छन्।

दार्चुलाको महाकाली नगरपालिका वडा नम्बर १, २, ८ र ९, शैल्यशिखर गाउँपालिका वडा नम्बर १, ४, ६ र ९, गोकुलेश्वर मालिकार्जुन गाउँपालिका वडा नम्बर १ र ८, मार्मा गाउँपालिका वडा नम्बर २ र ४, ब्यास गाउँपालिका वडा नम्बर २, ४ र ५, दुँहु गाउँपालिका वडा नम्बर ३ र ४, नौगाड गाउँपालिका वडा नम्बर ४ र ३ तथा अपी हिमाल गाउँपालिकाको वडा नम्बर १ र २ बाढी र पहिरोको उच्च जोखिममा रहेको केन्द्रले जनाएको छ।

केन्द्रका अनुसार बैतडीको दशरथचन्द नगरपालिका वडा नम्बर २, ३, ६ र ८, पुर्चौडी नगरपालिका वडा नम्बर ८ र ९ र मेलौली नगरपालिका वडा नम्बर १ र ८ तथा सिगास गाउँपालिका वडा नम्बर ५, डिलासैनी गाउँपालिका वडा नम्बर १, ३ र ५, सैनागाउँ गाउँपालिकाको वडा नम्बर ६ एवं डोगडाकेदार गाउँपालिका वडा नम्बर ६, ३, ८, ५ र ६ बाढी र पहिरोको उच्च जोखिममा छन्।
यस्तै, बझाङको जयपृथ्वी नगरपालिकाको ६ नम्बर बाहेक सबै वडा, तलकोट गाउँपालिका वडा नम्बर १, २, ३, ४ र ५, मष्टा गाउँपालिका १, २, ३ र ४, खप्तड छान्ना गाउँपालिका वडा नम्बर ७ तथा थलारा गाउँपालिका वडा नम्बर ३, ४, ७, ८ र ९ बाढी र पहिरोको जोखिममा छन्।

बाजुरा जिल्लाको बडीमालिका वडा नम्बर १, २, ३, ४, ५, ६, ७, ८ र ९, बुढीगंगा नगरपालिका वडा नम्बर १, २, ३, ४ ५, ६, ८ र १०, त्रिवेणी नगरपालिका वडा नम्बर १, ४, ५, ६, ८ र ९ तथा बुढीनन्दा नगरपालिका वडा नम्बर १, २, ३, ४, ६ र ७ र गौमुल गाउँपालिका वडा नम्बर १, २, ३, ५ र ६, खप्तड छेडेदह गाउँपालिका वडा नम्बर १, २, ३, ४, ५ र ६, जगन्नाथ गाउँपालिका वडा नम्बर १ र २, स्वामिकार्तिक गाउँपालिका वडा नम्बर १, २, ३, ४ र ५ तथा हिमाली गाउँपालिका वडा नम्बर १, २, ३, ४ र ६ वडा बाढी पहिरोको जोखिममा रहेको केन्द्रले जनाएको छ।

यस्तै, डोटी जिल्लाको दिपायल सिलगढी नगरपालिकाको वडा नम्बर ३, ४, ७, ८ र ९ तथा शिखर नगरपालिकाको वडा नम्बर २, ५, ६, ७, ८, ९, १० र ११, पुर्वीचौकी गाउँपालिकाका वडा नम्बर ३ र ४, सायल गाउँपालिकाका वडा नम्बर ३, ४ र ५, आर्दश गाउँपालिकाका वडा नम्बर ५ र ६, बोगटान गाउँपालिकाका वडा नम्बर १, २ र ७, बडीकेदार गाउँपालिकाका वडा नम्बर २ र ३ केआइसिंह गाउँपालिकाका वडा नम्बर ३ मा बाढी र पहिरोको जोखिम रहेका छन् भने पुर्वीचौकी गाउँपालिकाको वडा नम्बर ५ र बोगटान गाउँपालिकाका वडा नम्बर ४ र ५ डुबानको जोखिममा छन्।

केन्द्रका अनुसार अछामको कमलबजार नगरपालिकामा पहिरो, साफेबगर नगरपालिकामा बाढी तथा पहिरो र तुर्माखाद गाउँपालिकामा पहिरो तथा डुवानको जोखिम रहेको छ। यस्तै, डडेल्धुराको आलिताल गाउँपालिकाको वडा नम्बर १ र २ बाहेक अन्य वडाहरु बाढी र पहिरो तथा गन्यापधुरा गाउँपालिका वडा नम्बर १, २ र ३ पहिरोको जोखिममा रहेका छन्।

प्रदेश सरकारले अहिलेसम्म विपद् आउनुपूर्वका सम्भावित जोखिम स्थानको नक्सांकन बनाउँन सकेको खण्डमा सुदूरपश्चिम प्रदेशमा हरेक बर्ष बाढिपहिरो, कटान, डुबान, सर्पदंशका कारण हुने ठूलो धन जनको क्षति कम गर्न सकिन्छ।

प्रकाशित: Jul 24, 2020| 16:38 शुक्रबार, साउन ९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।