बिहीबार, मंसिर १८, २०८२

वीरगन्जमा अर्का कोरोना संक्रमितको मृत्यु

वीरगन्ज महानगरपालिकामा कोरोना संक्रमित एक महिलाको आज मृत्यु भएको छ।
 |  शुक्रबार, साउन ९, २०७७

जियालाल साह

जियालाल साह

शुक्रबार, साउन ९, २०७७

पर्सा- वीरगन्ज महानगरपालिकामा शुक्रबार कोरोना संक्रमित एक महिलाको मृत्यु भएको छ।

National life

कोरोना संक्रमण पुष्टि भएपछि बुधबार राति अस्थायी कोभिड अस्पताल नारायणी गण्डकमा भर्ना भएकी ८५ वर्षीया पतसिया देवीको शुक्रबार बिहान मृत्यु भएको नारायणी अस्पतालले जनाएको छ।

कोभिड अस्पताल नारायणीका संयोजक डा. उदयनारायण सिंहका अनुसार मुटु र श्वासप्रश्वासमा समस्या भएपछि अस्पताल भर्ना भएकी वृद्धाको आईसीयूमा राखेर उपचार हुँदाहुँदै मृत्यू भएको हो।

योसँगै देशभरमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४४ पुगेको छ।

अहिले अन्य दुई जना संक्रमित पनि अस्पतालको आईसीयूमा रहेको डा सिंहले जानकारी दिएका छन्।

Laxmi sunrise bank
kumari

नारायणी अस्पतालमा अहिले ७५ जना संक्रमितको उपचार भइरहेको छ।

यसअघि सर्लाही एक जना, बाराका दुई जना र वीरगन्जकै एकजना संक्रमितको वीरगन्जमै उपचारका क्रममा मृत्यु भइसकेको छ।

प्रकाशित: Jul 24, 2020| 14:15 शुक्रबार, साउन ९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।