काठमाडौं– नेपाली सेनाले चितवन राष्ट्रिय निकुञ्जमा नियन्त्रणमा लिएर छाडेका युवकको मृत्युको सम्बन्धमा छानबिन थालेको छ।
युवकको मृत्यु सेनाको कुटाइबाट भएको समाचार सार्वजनिक भएपछि सैनिक मुख्यालयले शुक्रबार बिहान यसबारे ध्यानाकर्षण भएको जनाउँदै छानबिन थालेको जनाएको हो।
साउन १ गते निकुञ्जभित्रको ज्युँडी खोलामा घोंगी बटुल्दै गर्दा २४ वर्षीय राजकुमार चेपाङसहित ७ जनालाई निकुञ्ज सुरक्षामा खटिएका सैनिकले नियन्त्रणमा लिएका थिए। सातै जना सोही दिन छुटे पनि त्यही दिनदेखि बिरामी भएका राजकुमारको बुधबार मृत्यु भएको हो ।
सेनाले घटनाबारे सरकारी निकायहरूले गरिरहेको विस्तृत छानबिनमा पूर्ण सहयोग गर्ने प्रतिबद्धता जनाएको छ।
सैनिक मुख्यालयले भनेको छ, ‘नेपाली सेना, नेपाल सरकारको कार्यादेशअनुसार जिम्मेवारपूर्ण ढ्रंगले प्रकृति संरक्षण कार्य गर्न प्रतिबद्ध छ।’
याे पनि पढ्नुस् :