आइतबार, भदौ ७, २०८३
  • गृहपृष्ठ
  • समाज
  • मुम्बईबाट परिवारसहित आएर क्‍वारेन्टिनमा बसेका बालकको डडेलधुरामा मृत्यु

मुम्बईबाट परिवारसहित आएर क्‍वारेन्टिनमा बसेका बालकको डडेलधुरामा मृत्यु

डडेल्धुरामा क्वारेन्टिनमा राखिएका एक बालकको मृत्यु भएको छ। मृत्यु हुनेमा जिल्लाको नवदुर्गा गाउँपालिका ३ का साढे छ वर्षीय बालक छन्।
 |  आइतबार, जेठ १८, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, जेठ १८, २०७७

डडेल्धुरामा क्वारेन्टिनमा राखिएका एक बालकको मृत्यु भएको छ। मृत्यु हुनेमा जिल्लाको नवदुर्गा गाउँपालिका ३ का साढे छ वर्षीय बालक छन्।

शनिबार राति डडेल्धुरा बहुमुखी क्याम्पसको क्वारेन्टिनमा राखिएका बालकको मृत्यु भएको डडेल्धुराका प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले जानकारी दिए।

उनका अनुसार आमाबाबुसँगै उनी भारतको मुम्बईबाट शनिबार मात्रै डडेल्धुरा आइपुगेका थिए। 'उहाँहरू राति आउनुभएको हो। क्याम्पसको क्वारेन्टिनमा राखिएको थियो, डीएसपी न्यौपानेले भने, 'हामीकहाँ फोन आयो बालक गम्भीर बिरामी छन् भनेर। यताबाट गाडी पठाएर अस्पताल पुर्याएका थियौं।'

डडेल्धुरा अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. जगदीशचन्द्र विष्टले बालकको अस्पताल पुर्याउनुभन्दा अघि नै मृत्यु भएको पुष्टि गरे। उनका अनुसार ती बालकलाई बिहान ३ बजे अस्पताल पुर्याइएको थियो।

'बिहान अस्पताल ल्याउनुभएको थियो। ती बालकको अस्पताल पुग्नु अगाडि नै मृत्यु भइसकेको थियो,' उनले भने।

ती बालक मलेरिया रोगबाट ग्रसित रहेको बुझिएको उनले बताए। यसअघि उनी मुम्बईस्थित एक अस्पतालमा उपचाररत थिए।
बालकको शव अहिले डडेल्धुरा अस्पतालमा राखिएको छ। उनको आइतबार नै कोरोना परीक्षणका लागि थ्रोट स्वाब संकलन गरिने निमित्त मेसु विष्टले जानकारी दिए।

प्रकाशित: May 31, 2020| 08:42 आइतबार, जेठ १८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।