शुक्रबार, वैशाख २६, २०८२
  • गृहपृष्ठ
  • समाज
  • पर्सामा ५ थुनुवा र ९ महिने बालकसहित ३० जनामा कोरोना, समुदायमा फैलिएको प्रशासनको निष्कर्ष

पर्सामा ५ थुनुवा र ९ महिने बालकसहित ३० जनामा कोरोना, समुदायमा फैलिएको प्रशासनको निष्कर्ष

जिल्ला प्रशासन कार्यालयमा राजनीतिक दल, नागरिक समाज, बुद्धिजीवी, उद्योग वाणिज्य संघ, जिल्ला प्रहरी कार्यालय, वीरगन्ज महानगरपालिका लगायतका सरोकारवालाहरुको बैठकबाट लकडाउन गर्ने कि निषेधाज्ञा जारी गर्ने भन्नेबारे ठोस निर्णय हुने पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले जानकारी दिए ।
 |  शुक्रबार, साउन ९, २०७७
nespernesper

जियालाल साह

जियालाल साह

शुक्रबार, साउन ९, २०७७

vianetvianet

पर्सामा थुनुवामा रहेका ५ जना र ९ महिने एक बालकसहित ३० जनामा कोरोना पोजेटिभ देखिएको छ।

triton college

नारायणी अस्पतालमा पीसीआर परीक्षण गराएका वडा प्रहरी कार्यालय श्रीपुरको थुनुवा कक्षमा रहेका चार भारतीय र एक नेपालीको कोरोना रिपोर्ट पोजेटिभ देखिएको गण्डक कोभिड अस्पतालका कोअर्डिनेटर डा. उदय नारायण सिंहले जानकारी दिए। उनीहरु २२ देखि ४७ वर्षसम्मका छन्।

हन्य २५ जना संक्रमित भने कन्ट्याक्ट ट्रेसिङ गरेर परीक्षण गरिएका हुन्। साउन १ गते संक्रमण पुष्टि भएकी वीरगञ्ज–१४ श्रीपुरकी १८ वर्षीया किशोरीको कन्ट्याक्ट ट्रेसिङमा परेका वीरगञ्ज–२९ की २५ वर्षिया किशोरी, वीरगञ्ज–१३ की ४८ वर्षिया महिला र ३० वर्षिय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ।

यसैगरी साउन १ गते नै संक्रमण पुष्टि भएकी २२ वर्षीया युवतीको कन्ट्याक्ट ट्रेसिङमा परेका छिपहरमाई गाउँपालिका–३ बस्ने २३ वर्षिय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको डा. सिहले बताए।

अन्य संक्रमितको कन्ट्याक्ट ट्रेसिङमा परेका २२ वर्षीय पुरुष, वीरगन्ज–१० बस्ने ६०, ३५, २९ वर्षीया महिला, १४ वर्षका किशोर, घण्टाघरका २५ वर्षीय पुरुष र वीरगञ्ज–१३ बस्ने ९ महिनाको बालकमा पनि कोरोना संक्रमण देखिएको छ।

National life insurance

साउन ६ गते कोरोना संक्रमण पुष्टि भएका नारायणी अस्पतालका स्वीपरका २३ वर्षीय छोरामा पनि कोरोना देखिएको छ। यसअघि उनका दुई जना छोरीमा पनि कोरोना देखिएको थियो। उनकै कन्ट्याक्ट ट्रेसिङमा परेका नारायणी अस्पतालको क्वार्टरमा बस्दै आएका ३५ वर्षिय अर्का पुरुषमा पनि कोरोना संक्रमण देखिएको छ।

आफैंलाई शंका लागेर पैसा तिरेर पीसीआर परीक्षण गराएका बहुदरामाई नगरपालिका– ५ भौराटार बस्ने ३३ वर्षीय पुरुष, पकाहामैनपुर गाउँपालिका–३ सवैठवाका ५० र २७ वर्षीय पुरुष, वीरगञ्ज–१० बजरंग टोल बस्ने २९ वर्षीय पुरुष, वीरगञ्ज–१२ मुर्ली बस्ने १६ वर्षका दुई पुरुष र ३८ वर्षीया महिला, वीरगञ्ज–२० का ३२ वर्षीय पुरुष, वीरगन्ज–२ छपकैया बस्ने ३० वर्षीय पुरुषको रिपोर्ट पनि पोजेटिभ आएको नारायणी अस्पतालले जनाएको छ।

वीरगन्ज तथा आसपासका क्षेत्रमा समुदायसम्म कोरोना संक्रमण फैलिसकेको बताइएको छ। स्थिति बिग्रँदै गएपछि प्रशासनले पनि चासो दिएको छ। केही दिनदेखि वीरगन्जमा कोरोना संक्रमण परीक्षणको दायरा खुम्चिएसँगै कोरोना संक्रमण पुष्टि हुनेहरुको संख्यामा कमी आएको थियो तर पैसा तिरेर कोरोना संक्रमण चेकजाँच गराएकाहरुमा पनि संक्रमण पुष्टि भएपछि यसलाई नियन्त्रण गर्नेतर्फ सम्बन्धित निकाय महानगरपालिका तथा जिल्ला प्रशासन कार्यालयको ध्यान केन्द्रित भएको हो।

बिहीबार जिल्ला प्रशासन कार्यालय पर्सामा बसेको आकस्मिक बैठकमा कोरोना संक्रमण नियन्त्रणलाई न्यूनीकरण गर्न के कस्ता उपायहरु अपनाउने भन्नेबारे ठोस निर्णय भने हुन सकेन।

शुक्रबार (आज) बिहान पुनः जिल्ला प्रशासन कार्यालयमा राजनीतिक दल, नागरिक समाज, बुद्धिजीवी, उद्योग वाणिज्य संघ, जिल्ला प्रहरी कार्यालय, वीरगन्ज महानगरपालिका लगायतका सरोकारवालाहरुको बैठकबाट लकडाउन गर्ने कि निषेधाज्ञा जारी गर्ने भन्नेबारे ठोस निर्णय हुने पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले जानकारी दिए।

वीरगन्ज र आसपासका क्षेत्रमा समुदाय स्तरमा कोरोना संक्रमण देखिइसकेको छ। देशको मुख्य प्रवेशद्वार अनि खुला सिमानाका कारण समुदायमा कोरोना भाइरस संक्रमण फेला परेको वीरगन्ज महानगरपालिकाका मेयर विजय सरावगीले बताए। नाका बन्द गरिए पनि सर्वसाधारणको आवतजावत जारी नै छ।

प्रकाशित: Jul 24, 2020| 07:14 शुक्रबार, साउन ९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।