बुधबार, भदौ १०, २०८३
  • गृहपृष्ठ
  • समाज
  • चिकित्सक र बिरामीसहित वीरगन्जमा थप १७ जनामा कोरोना पुष्टि

चिकित्सक र बिरामीसहित वीरगन्जमा थप १७ जनामा कोरोना पुष्टि

पर्साको वीरगन्जमा थप १७ जनामा कोरोनाको संक्रमण पुष्टि भएको छ । अधिकांश संक्रमितहरु अस्पतालका चिकित्सक र विरामीहरु छन् ।
 |  बिहीबार, साउन ८, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, साउन ८, २०७७

वीरगञ्ज- पर्साको वीरगन्जमा थप १७ जनामा कोरोनाको संक्रमण पुष्टि भएको छ।

नारायणी अस्पतालको प्रयोगशालमा बुधबार राति गरिएको परीक्षणमा ४ महिलासहित १७ जनामा संक्रमण पुष्टि भएको हो।

अधिकांश संक्रमित विभिन्न अस्पतालका चिकित्सक र बिरामी रहेको नारायणी अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा‍. मदनकुमार उपाध्यायले जानकारी दिए।

साउन ६ गते १ सय २८ वटा नमुना स्वाब सङ्कलन गरिएकामा १७ जनामा संक्रमण पुष्टि भएको हो। संक्रमितलाई आइसोलेसन वार्डमा ल्याउने तयारी भइरहेको छ।

संक्रमण देखिएकामध्ये एक जना मृतक पुरुष पनि रहेको मेडिकल सुपरिटेन्डेन्ट डा‍. उपाध्यायले जानकारी दिए।

पर्सा माईस्थानका ७० वर्षीय पुरुषको उपचारका क्रममा नारायणी अस्पताल वीरगन्जमा मृत्यु भएपछि स्वाव संकलन गरेर परीक्षण गरिएको थियो।

नारायणी अस्थायी कोभिड अस्पताल गण्डकको आइसोलेसनमा गत साउन ६ गते मृत्यु भएको हो।

प्रकाशित: Jul 23, 2020| 09:54 बिहीबार, साउन ८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।