बुधबार, भदौ १०, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • बजार बढ्दा नाफा बुक गर्ने विक्रेता बढे, नेप्से १७.५० अंकले ओरालो

बजार बढ्दा नाफा बुक गर्ने विक्रेता बढे, नेप्से १७.५० अंकले ओरालो

सेयर बजार परिसूचक (नेप्से) बुधबार १७.५० अंक घटेर १४३२.४४ अंकमा आएको छ ।
 |  बुधबार, साउन ७, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, साउन ७, २०७७

सेयर बजार परिसूचक (नेप्से) बुधबार १७.५० अंक घटेर १४३२.४४ अंकमा आएको छ ।

यसदिन बैकिङ समूह २१.५१, कारोबार समूह ७.९४, विकास बैंक ३.८३, जलविद्युत ३.८३, फाइनान्स ७.१६, निर्जिवन जीवन बीमा ५.५४, उत्पादनमूलक २०.९४, लघुवित्त १५.१, जीवन बीमा ७१.६ र अन्य १४.३४ अंकले ओरालो लागेको छ भने होटल १३४.४५ र म्युचुअल फन्ड ०.०७ अंकले उकालो लागेको नेप्सेले जनाएको छ ।

सरकारले लकडाउन अन्त्य गरेसँगै होटलहरु पनि खुल्न सक्ने भएसँगै लगानीकर्ता होटलतर्फ आकर्षित भएको लगानीकर्ताहरुको भनाइ छ ।

बुधबार दिनभर १८३ कम्पनीको एक अर्ब ५३ करोड बराबरको सेयर कारोबार भएको नेप्सेले जनाएको छ । केही दिनयता नेप्से उकालो लागेको थियो ।

उकालो लागेको समयमा नाफा बुक गर्न लगानीकर्ताहरुले आफूसँग भएको सेयर बिक्री गर्दा बजार घटेको हो । बजार घटे पनि कारोबार डेढ अर्बभन्दा माथि भएकोले लगानीकर्ताहरुले चिन्ता लिन नपर्ने लगानीकर्ताहरुको भनाइ छ ।

यसदिन सबैभन्दा बढी ओरियन्टल होटलको सेयर मूल्य १० प्रतिशत बढेर सर्किट ब्रेक लागेको थियो । त्यस्तै तारागाउँ रिजेन्सी होटल र सोल्टी होटलको सेयर मूल्य ९.९५ अंकले उकालो लागेको थियो भने सोल्टी होटलको सेयर मूल्य ९.४९ प्रतिशतले बढेको थियो ।

त्यस्तै बुधबार गुमाउनेहरुमा नेपाल सेवा लघुवित्त रहेको छ । सो लघुवित्तको सेयर मूल्य ८.६१ प्रतिशत घटेकोे नेप्सेले जनाएको छ ।

 

प्रकाशित: Jul 22, 2020| 16:37 बुधबार, साउन ७, २०७७
प्रतिक्रिया दिनुहोस्