आइतबार, असोज २५, २०८३

सुनको मूल्य अहिलेसम्मकै सर्वाधिक, तोलाको ९४ हजार

सुनको मूल्य आज (बुधबार) अहिलेसम्मकै सर्वाधिक कायम भएको छ।
 |  बुधबार, साउन ७, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, साउन ७, २०७७

काठमाडौं- सुनको मूल्य आज (बुधबार) अहिलेसम्मकै सर्वाधिक कायम भएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९४ हजार रुपैयाँमा कारोवार भइरहेको छ। हिजो ९२ हजार ७०० रुपैयाँ तोकिएको छापावाल सुन आज एकै दिन १३ सय बढेको हो।

यसअघि गत असार ३१ गते सुनको मूल्य सर्वाधिक तोकिएको थियो। उक्त दिन छापावाल सुनको मूल्य ९२ हजार ८०० रुपैयाँ निर्धारण गरिएको थियो।

यस्तै, तेजाबी सुन प्रतितोला ९३ हजार ५६० रुपैयाँ निर्धारण गरिएको छ। चाँदी प्रतितोला एक हजार १३५ रुपैयाँ तोकिएको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

प्रकाशित: Jul 22, 2020| 11:08 बुधबार, साउन ७, २०७७
प्रतिक्रिया दिनुहोस्