मंगलबार, जेठ ५, २०८३

शिक्षा मन्त्रालयको एक पृष्ठको विज्ञप्तिमा ३३ गल्ती

मन्त्रालयका सहसचिव एवं प्रवक्ता दीपक शर्माले हस्ताक्षर गरेको एक पृष्ठको विज्ञप्तिमा ३३ ठाउँमा गल्ती छन्।
 |  सोमबार, साउन ५, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, साउन ५, २०७७

काठमाडौं– शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले ४ साउनमा निजी विद्यालयलाई अनलाइन कक्षा चलाउन अनुरोध गर्दै जारी गरेको विज्ञप्तिमा प्रशस्त भाषिक त्रुटि गरेको छ।

National life

मन्त्रालयका सहसचिव एवं प्रवक्ता दीपक शर्माले हस्ताक्षर गरेको एक पृष्ठको विज्ञप्तिमा ३३ ठाउँमा गल्ती छन्।

विज्ञप्तिको भाषामा एकरुपता छैन। जोड्नुपर्ने शब्द जोडिएको छैन भने छुट्ट्याउनुपर्ने शब्द जोडेर लेखिएको छ।

‘बाट’ हुनुपर्नेमा ‘वाट’ लेखिएको छ। ‘सिकाइ’ लाई ‘सिकाई’, ‘देखि’ लाई ‘देखी’, ‘कुनै’ लाई ‘कुनैं’ लेखिएको छ। दीर्घ लेख्नुपर्ने सर्वनाम ‘ति’ ह्रस्व लेखिएको छ। नामयोगी जोडिएको छैन भने छुट्ट्याउनुपर्ने ‘परामर्श गरी’ जोडेर लेखिएको छ। त्यस्तै ‘बुँदा’ हुनुपर्नेमा ‘बुदाँ’, ‘पारिसकिएको’ हुनुपर्नेमा ‘पारिसकिइएको’, ‘सुझाव’ को सट्टा ‘सुझाब’ लेखिएको छ।

शिक्षा क्षेत्रको सबैभन्दा उपल्लो प्रशासनिक निकाय शिक्षा मन्त्रालयको एउटा विज्ञप्तिमा यति धेरै गल्ती किन? विज्ञप्तिमा हस्ताक्षर गर्ने सहसचिव शर्मा हतार–हतार काम गर्नुुपर्ने हुँदा भाषामा ध्यान दिन नसकेको बताउँछन्।

“निर्णय तत्काल जारी गर्नुपर्ने हुन्छ,” उनी भन्छन्, “त्यसैले भाषामा ध्यान दिन पर्याप्त समय पाइँदैन।”  कुन व्याकरण प्रयोग गर्ने भन्ने विषयमा अन्योल हुँदा पनि गल्ती भएको शर्माको दाबी छ।

नेपाल समयसँग कुरा गर्दै शर्माले आगामी दिनमा गल्ती सुधार्दै जाने बताए।

पढ्नुस् :

सरकारी निकायबाटै भाषामाथि भद्दा मजाक

 

 

प्रकाशित: Jul 20, 2020| 17:33 सोमबार, साउन ५, २०७७
प्रतिक्रिया दिनुहोस्