बुधबार, भदौ १०, २०८३

विराटनगर भन्सारको राजस्व संकलन ४३ प्रतिशतले कमी

विराटनगर भन्सार कार्यालयको राजस्व संकलनमा लक्ष्यभन्दा ४३ प्रतिशतले कमी आएको छ।
 |  आइतबार, साउन ४, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, साउन ४, २०७७

विराटनगर– विराटनगर भन्सार कार्यालयको राजस्व संकलनमा लक्ष्यभन्दा ४३ प्रतिशतले कमी आएको छ।
भन्सारले अघिल्लो आर्थिक वर्षमा ५७.१३ प्रतिशत मात्रै राजस्व संकलन गरेको हो।

भन्सार कार्यालयकी सूचना अधिकारी सुनिता पौडेलले ४९ अर्ब ६४ करोड ६० लाख रुपैयाँ असुलीको लक्ष्य लिइएकोमा सफल हुन नसकेको बताइन्। उनका अनुसार २८ अर्ब ३६ करोड ३४ लाख २९ हजार रुपैयाँ संकलन भएको छ। यो निर्धारित लक्ष्यभन्दा ४२.८७ प्रतिशत कम हो।

२१ अर्ब २० करोड १० लाखको लक्ष्य रहेको भन्सार महसुलबाट १२ अर्ब चार करोड २९ लाख मात्रै राजस्व उठेको छ। मूल्य अभिवृद्धि करतर्फ २५ अर्ब ९३ करोड ५६ लाख २२ हजारको लक्ष्य रहे पनि भन्सारले १४ अर्ब ६७ करोड ७४ लाख रुपैयाँ मात्रै संकलन गर्न सकेको छ।

अन्तःशुल्कतर्फ एक अर्ब ५५ करोड ३० लाख ६७ हजार रुपैयाँ संकलन भएको छ। सूचना अधिकारी पौडेलले अन्तशुल्कमा पनि लक्ष्यअनुसार काम हुन नसकेको बताइन्। दुई अर्ब ५० करोड ९४ लाख २४ हजार रुपैयाँ अन्तःशुल्कबाट राजस्व संकलनको लक्ष्य लिइएको थियो।

पौडेलले ‘लकडाउन’ मा आयातनिर्यात पूर्ण रुपमा प्रभावित बनेका कारण लक्ष्यभन्दा निक्कै कम राजस्व संकलन भएको बताइन्।

 

प्रकाशित: Jul 19, 2020| 18:48 आइतबार, साउन ४, २०७७
प्रतिक्रिया दिनुहोस्