नेपाल इन्भेस्टमेन्ट बैंक लि. (एनआईबीएल) ले भारी वर्षाको कारण म्याग्दी जिल्लामा लगातार गइरहेको पहिरोबाट गम्भीर पीडित नागरिकहरूलाई सहयोग गर्ने प्रतिबद्धता जनाएको छ ।
बैंकले आफ्नो सामाजिक उत्तरदायित्व (सीएसआर) कार्यक्रममार्फत् बैंकको गण्डकी प्रदेशका प्रबन्धक बिभु श्रेष्ठ र पोखरा शाखा प्रबन्धक धीरज थापाले समन्वय समितिका सभापति देवेन्द्रबहादुर केसी र प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकाललाई २० वटा पाल (टेन्ट) र १०० वटा कम्बल प्रदान गरेका छन्।
सो अवसरमा प्रहरी नायब उपरीक्षक किरणजंग कुँवर र एनआईबीएल जलजला शाखा प्रबन्धक दिलेश अर्याल पनि उपस्थित थिए।
बैंकले उपलब्ध गराएका पालहरूमा एउटा पालमा दस जनासम्मले आश्रय लिन सक्छन् । पहिरोका कारण विस्थापित हुनेको संख्या सयौं पुगेसँगै बैंकले पुनर्निर्माण र राहत कार्यमा योगदान दिनुपर्ने देखेर बैंकले सहयोगको हात बढाएको हो ।