बिहीबार, माघ ३, २०८१
  • गृहपृष्ठ
  • समाज
  • वीरगन्ज भन्सार : लगातार तीन वर्षदेखि लक्ष्यअनुसार राजस्व संकलन गर्न असफल

Siddartha premir insuranceSiddartha premir insurance

वीरगन्ज भन्सार : लगातार तीन वर्षदेखि लक्ष्यअनुसार राजस्व संकलन गर्न असफल

 वीरगन्ज भन्सार कार्यालय लगातार तीन वर्षदेखि लक्ष्य अनुसार राजस्व संकलन गर्न असफल भएको छ।
 |  आइतबार, साउन ४, २०७७

जियालाल साह

जियालाल साह

आइतबार, साउन ४, २०७७

ntc landingntc landing

वीरगन्ज- वीरगन्ज भन्सार कार्यालय लगातार तीन वर्षदेखि लक्ष्य अनुसार राजस्व संकलन गर्न असफल भएको छ।

himalayan bank box

आर्थिक वर्ष २०७६/०७७ मा एक खर्ब ८८ अर्ब रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य पाएको भन्सार कार्यालयले एक खर्ब २६ अर्ब रुपैयाँ मात्रै संकलन गरेको छ। यो लक्ष्यभन्दा ६२ अर्ब रुपैयाँ कम हो।

कार्यालयका भन्सार अधिकृत तथा सूचना अधिकारी विमलकुमार साहले चैत ११ देखिको लकडाउनका कारण राजस्व संकलन गर्ने लक्ष्य पूरा गर्न नसकिएको बताए।

“नेपाल र भारतमा लकडाउन गरिएपछि भारत तथा तेस्रो मुलुकबाट आउने मालवस्तुमा भारी गिरावट आयो, जसका कारण लक्ष्यअनुरुप राजस्व संकलन गर्न सकिएन,” उनले भने। उक्त अवधिमा पेट्रोलियम पदार्थ र सवारीसाधन तथा त्यसका पाटपुर्जा पनि कम भित्रिएको उनले जानकारी दिए।

चैत १६ गते भारतलगायत देशबाट आयात गरिने ५० हजार डलरभन्दा बढीको गाडी, मरिच, केराउ, सुपारी, छोकडा, मदिरा, इनर्जी ड्रिंक लगायतको सामानमा प्रतिबन्ध लगाएकाले राजस्व लक्ष्यभन्दा कम संकलन भएको उनको भनाइ छ।

देशकै प्रमुख भन्सार कार्यालय रहेको यस कार्यालयबाट मुख्यरुपमा सवारी साधन तथा त्यसको पाटपूर्जा, पेट्रोलियम पदार्थ, पत्थर कोइला, फलामे छड, पाइप, सिमेन्ट क्लिंकर, तयारी कपडा, हल्का पेय पदार्थका कन्सन्ट्रेड, औद्योगिक मेसिनरी तथा कच्चा पदार्थ आयात हुने गरेको छ।

यस्तै, फिड सप्लिमेन्ट, स्पोर्ट सुज (सेन्थेटिक सुज), जुस जाम, खुदो, आल्मोनियम छड, जमोठ कपडा, सि.आर.सिट, हाते झोला, फलामे पत्रु, टोपी तथा तामाका सामानलगायत निकासी हुने गरेको छ।

पाँच वर्षदेखि प्रगति ओरालो

वीरगन्ज भन्सार कार्यालयको सरदर प्रगति विवरण पाँच वर्षयता ओरालो लागेको छ। 

आर्थिक वर्ष २०७२/०७३ मा भन्सार कार्यालयले ७१ अर्ब ८६ करोड रुपैयाँ राजस्व संकलनको लक्ष्य राखेकोमा ५६ अर्ब ८० करोड रुपैयाँ मात्रै संकलन गरेको थियो।

आर्थिक वर्ष २०७३/०७४ मा भने एक खर्ब सात अर्ब रुपैयाँ राजस्व संकलनको लक्ष्य राखेकोमा एक खर्ब आठ अर्ब रुपैयाँ संकलन गरेको थियो ।

यस्तै, आर्थिक वर्ष २०७४/०७५ मा एक खर्ब ३४ अर्ब लक्ष्यको एक खर्ब ३१ अर्ब रुपैयाँ मात्रै राजस्व संकलन हुँदा आर्थिक वर्ष २०७५/०७६ मा एक खर्ब ७७ अर्ब लक्ष्यको एक खर्ब ४८ अर्ब रुपैयाँ मात्रै राजस्व संकलन भएको थियो।

वीरगन्ज भन्सार कार्यालयले संकलन गर्ने कूल राजस्वमध्ये सवारी साधनमा ४० प्रतिशत र पेट्रोलियम पदार्थमा १५ प्रतिशत छ।

देशभरका ३० भन्सार कार्यालयले संकलन गर्ने कूल राजस्वमध्ये वीरगन्ज भन्सारको हिस्सा ५१ प्रतिशत छ।

अन्तर्राष्ट्रिय विमानस्थलको एक, चीनसँग जोडिने ९ र भारतबाट जोडिने २० वटा गरि देशभर ३० वटा भन्सार कार्यालय छन्।

प्रकाशित: Jul 19, 2020| 12:48 आइतबार, साउन ४, २०७७
citizen insidecitizen inside
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।