बुधबार, भदौ १०, २०८३

‘कोरोनाले विकासशील देशमा ऋणको समस्या बढायो’

विश्व बैंकका प्रमुख डेविड मालपासले कोरोना महामारीका कारण विकासशील मुलुकमा ऋणको समस्या बढेको भन्दै चिन्ता व्यक्त गरेका छन्।
 |  आइतबार, साउन ४, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, साउन ४, २०७७

विश्व बैंकका प्रमुख डेविड मालपासले कोरोना महामारीका कारण विकासशील मुलुकमा ऋणको समस्या बढेको भन्दै चिन्ता व्यक्त गरेका छन्।

विश्वका धनी देशहरुको संगठन जी–२० का अर्थमन्त्रीहरुसँगको भर्चुअल बैठकमा उनले यस्तो बताएका हुन्।

उनका अनुसार गरिब देशमा कर्जाको संकट आइसकेको छ। विश्व बैंक प्रमुखले गरिब देशका लागि कर्जा चुक्ता गर्ने समय एक वर्ष बढाउन पनि जी–२० देशहरुसँग आग्रह गरेका छन्। बैठकको आतिथ्य साउदी अरबले गरेको थियो।

साउदी अर्थमन्त्री मोहम्मद अल जदानले कोरोना महामारीका कारण विश्वभर नै चुनौती थपिएको भन्दै यसबाट मुक्ति पाउन जी–२० मिलेर काम गरिरहेको बताए ।

उनले भने, ‘१९३० को दशकको ग्रेट डिप्रेसनपछि कोभिड–१९ विश्व अर्थव्यवस्थाको लागि सबैभन्दा ठूलो चुनौती बनेको छ। यो चुनौतीसँग सामना गर्न जी–२० का देशहरु तत्कालै असाधारण कदम चाल्ने तयारीमा छन्।’

 

प्रकाशित: Jul 19, 2020| 12:04 आइतबार, साउन ४, २०७७
प्रतिक्रिया दिनुहोस्