बुधबार, भदौ १०, २०८३

असारमा मात्रै २ खर्ब ७ अर्ब खर्च

सरकारले गत आर्थिक वर्षको अन्तिम महिना असारमा मात्रै २ खर्ब ७ अर्ब रुपैयाँ खर्च गरेको छ।
 |  बिहीबार, साउन १, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, साउन १, २०७७

काठमाडौैं– सरकारले गत आर्थिक वर्षको अन्तिम महिना असारमा मात्रै २ खर्ब ७ अर्ब रुपैयाँ खर्च गरेको छ।

असारमा १ खर्ब ५५ अर्ब ४६ करोड राजस्व संकलन भएको छ।

गत आवमा सरकारले कुल १० खर्ब ८७ अर्ब खर्च गरेको छ। गत आर्थिक वर्षमा पनि अन्तिम महिनामा धेरै खर्च गर्ने परिपाटीले निरन्तरता पायो।

गत आवमा ८२.१८ प्रतिशत चालु खर्च र पुँजीगत खर्च ४७ प्रतिशत मात्र भएको छ।

अनुदानबाट गत वर्ष १८ अर्ब ४२ करोड प्राप्त भएको छ भने गैरकर शीर्षकमा ९३ अर्ब ७२ करोड राजस्व संकलन भएको छ।

गत आवमा आन्तरिक राजस्व विभागले ३ खर्ब ८३ अर्ब रुपैयाँ राजस्व संकलन गरेको छ। आर्थिक वर्षको अन्तिम दिन बुधबार मात्रै १८ अर्ब राजस्व संकलन भएको हो।

त्यस्तै भन्सारले ३ खर्ब ५ अर्ब राजस्व संकलन गरेको छ। भन्सार विभागले बुधबार मात्रै २ अर्ब ६० करोड राजस्व संकलन गर्‍यो।

पढ्नुस्:

सरकारी लक्ष्यअनुसारकै खर्च र राजस्व परिचालन

प्रकाशित: Jul 16, 2020| 11:20 बिहीबार, साउन १, २०७७
प्रतिक्रिया दिनुहोस्