आइतबार, भदौ ७, २०८३

'छाङरु र तिङ्करमा हेलिकोप्टरबाट खाद्यान्न पुर्‍याऊ'

प्रतिनिधिसभा सदस्य गणेशसिंह ठगुन्नाले दार्चुलाको व्यास गाउँपालिका–१ छाङरु र तिङ्करमा हेलिकोप्टरमार्फत खाद्यान्न ढुवानी गर्न सरकारसँग माग गरेका छन्।
 |  शनिबार, जेठ १०, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, जेठ १०, २०७७

प्रतिनिधिसभा सदस्य गणेशसिंह ठगुन्नाले दार्चुलाको व्यास गाउँपालिका–१ छाङरु र तिङ्करमा हेलिकोप्टरमार्फत खाद्यान्न ढुवानी गर्न सरकारसँग माग गरेका छन्।

उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टलाई भेटेर सांसद ठगुन्नाले छाङरु र तिङ्करका स्थानीयवासी खलङ्गाबाट कुञ्चा हिँडिसकेको अवस्थामा उनीहरुका लागि आवश्यक पर्ने खाद्यान्न हेलिकोप्टरमार्फत ढुवानी गर्न माग गरेका हुन्। नेपालतिर घोडेटो बाटो नभएको अवस्थामा खाद्यान्न समस्या समाधान गर्न तत्कालका लागि हेलिकोप्टर व्यवस्थापन गर्न उनले माग गरे ।

दार्चुलाका व्यास, छाङरु र तिङ्करका स्थानीयवासी बिहीबार भारतीय बाटो हुँदै गाउँ कुञ्चा सरेका छन् । उनीहरु चार दिनपछि मात्रै गाउँ पुग्नेछन् भने केही स्थानीयवासी नेपालतिरको बाटो भएर कुञ्चा सरेका छन् । यो क्षेत्रमा खाद्यान्न सङ्कट हुनसक्ने अवस्था रहेको भन्दै तत्काल खाद्यान्नको जोहो गर्न उनले माग गरेका छन्।

व्यासको छाङरुमा ११५ घरधुरी तथा तिङ्करमा ६५ घरधुरीको बसोबास छ । यो वर्ष झण्डै ७० प्रतिशत व्यासवासी कुञ्चा सरेर गएका व्यास–१ का वडासचिव विनोदसिंह बुढाथोकीले बताए । विगतभन्दा यो पटक बढी स्थानीयवासी बसाइँ सरेका छन् । यो पटक बालबालिकासमेत लगेर स्थानीयवासी कुञ्चा सरेका हुन् । बन्दाबन्दीका कारण विद्यालय बन्द भएको तथा सदरमुकाम खलङ्गाभन्दा गाउँ सुरक्षित हुने भएपछि स्थानीयवासीले यो पटक बालबालिकासहित कुञ्चा सरेका छन् ।

यहाँका स्थानीय विगतमा चीनको ताक्लाकोट र भारतीय बजारबाट खाद्यान्न खाने गरेका थिए । यो पटक बन्दाबन्दीका कारण सबै क्षेत्रका सीमानाका बन्द भएकाले हेलिकोप्टरमार्फत खाद्यान्न ढुवानीका लागि सांसद ठगुन्नाले सरकारसँग आग्रह गरेका छन्। यहाँका स्थानीयवासीले यो पटक वैशाखमै लगाउनुपर्ने खेती पनि लगाउन पाएका छैनन् । यसकारण तत्काललाई हेलिकोप्टरमार्फत खाद्यान्न ढुवानी गर्नुपर्ने स्थानीयवासीको माग छ ।

नेपालतिर अहिले नेपाली सेनाले बाटो खोल्ने काम शुरु गरेको छ । नेपालतिर बाटो खुल्यो भने खच्चडमार्फत खाद्यान्न ढुवानी गर्न सकिने स्थानीयवासीको भनाइ छ ।
रासस

प्रकाशित: May 23, 2020| 14:25 शनिबार, जेठ १०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।