शनिबार, असोज १०, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • संसदीय समितिले पारित गरेको १५ महिनापछि प्रतिनिधि सभामा पेस हुँदै विवादित सूचना प्रविधि विधेयक

संसदीय समितिले पारित गरेको १५ महिनापछि प्रतिनिधि सभामा पेस हुँदै विवादित सूचना प्रविधि विधेयक

 |  बिहीबार, चैत २६, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, चैत २६, २०७७

काठमाडौं- विवादित सूचना प्रविधि विधेयक प्रतिनिधि सभामा पेस गर्ने तयारी गरिएको छ। प्रतिनिधि सभा अन्तर्गतको विकास तथा प्रविधि समितिबाट पारित भएको १५ महिनापछि यो विधेयक बिहीबारको प्रतिनिधि सभा बैठकमा पेस गर्ने कार्यसूची तय गरिएको हो। 

‘सूचना प्रविधिसम्बन्धी विधेयक सम्बन्धी प्रतिवेदन बिहीबार समिति सभापति कल्याणीकुमारी खड्काले पेस गर्ने सम्भावित कार्यसूची तय गरिएको छ।

सूचना प्रविधि विधेयकमा विरोधीलाई सहजै जेल पठाउन सक्ने व्यवस्था रहेको भन्दै कांग्रेसले सुरुदेखि नै विधेयकप्रति विरोध गर्दै आएको थियो। उसको विरोध भएपनि समितिबाट विधेयक पारित भएको थियो। 

सामाजिक सञ्जालमा सरकारको विरोधमा लेख्ने प्रयोगकर्तालाई ५ वर्ष जेल र १५ लाख रुपैयाँ जरिवाना गर्ने प्रावधान विधेयकमा राखिएको छ। विधेयकले मौलिक हकअन्तर्गतको अभिव्यक्ति स्वतन्त्रतालाई अंकुश लगाउने भन्दै भन्दै सरकारको चर्को आलोचना हुँदै आएको छ। 

प्रकाशित: Apr 08, 2021| 10:05 बिहीबार, चैत २६, २०७७
प्रतिक्रिया दिनुहोस्