शुक्रबार, पुस ११, २०८२

कर्णालीमा कोरोना संक्रमितको संख्या १६ सय नाघ्यो

संक्रमितमध्ये सुर्खेतका ११ जना, कालिकोटका सात जना, रुकुमपश्चिमका दुइ जना र दैलेखका एक जना छन्।
 |  आइतबार, असार २८, २०७७

देव राना

देव राना

आइतबार, असार २८, २०७७

सुर्खेत- कर्णाली प्रदेशमा आइतबार २१ जना कोरोना संक्रमित थपिएका छन्। संक्रमितमध्ये सुर्खेतका ११ जना, कालिकोटका सात जना, रुकुमपश्चिमका दुइ जना र दैलेखका एक जना छन्।

National life

योसँगै कर्णालीमा कोरोना संक्रमितको संख्या एक हजार ६ सय १६ जना पुगेको छ।

सामाजिक विकास मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा सुर्खेतस्थित पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा गरिएको परीक्षणमध्ये वीरेन्द्रनगर नगरपालिका–३, गुर्भाकोट नगरपालिका–४ र १३ का एक/एक जना, सिम्ता गाउँपालिका– ३ र ५ का दुई/दुई जना, वडा नं. ४ का एक जना र वडा नं. ८ का तीन जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको पीसीआर परिक्षणमध्ये कालिकोटको महावै गाउँपालिका–२, खाँडाचक्र नगरपालिका–१, सान्नीत्रिवेणी गाउँपालिका–१ र वडा नं. ४ का एक/एक जना र वडा नं. २ का चार जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

त्यस्तै रुकुमपश्चिमको चौरजहारीको प्रयोगशालामा परीक्षण गरिएकामध्ये चौरजहारी नगरपालिका–५ का दुइ जना र दैलेख अस्पतालको प्रयोगशालामा परीक्षण गरिएकामध्ये आठबिस नगरपालिका–४ का एकजनमा पनि कोरोना संक्रमण पुष्टि भएको छ।

Laxmi sunrise bank
kumari

प्रदेश अस्पताल सुर्खेत र दैलेखको नौमुलेबाट एकएक जना, दैलेखकै भैरवी गाउँपालिबाट दुइ जना, दैलेख अस्पतालबाट २७ जना र सल्यानको बनगाड कुपिन्डे नगरपालिकाको आइसोलेसन सेन्टरबाट १२ जना गरी प्रदेशभर ४३ जना डिस्चार्ज भएका छन्।

कर्णालीमा हालसम्म एक हजार चार सय आठ जना आइसोलेनबाट डिस्चार्ज भएको मन्त्रालयका स्वास्थ्य सेवा महाशाखा प्रमुख डा. लक्ष्मीनारायण तिवारीले जानकारी दिए।

प्रकाशित: Jul 12, 2020| 15:34 आइतबार, असार २८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।