मंगलबार, भदौ ९, २०८३

आज पनि बिहानैदेखि वर्षा, अझै तीन दिन पानी पर्ने

आज पनि काठमाडौं उपत्यकालगायत देशका धेरै स्थानमा विहानैदेखि वर्षा भइरहेको छ।
 |  शुक्रबार, असार २६, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, असार २६, २०७७

आज पनि काठमाडौं उपत्यकालगायत देशका धेरै स्थानमा विहानैदेखि वर्षा भइरहेको छ।

जल तथा मौसम विज्ञान विभागका अनुसार आज सातै प्रदेशका धेरै स्थानमा मेघ गर्जन र चट्याङसहित वर्षाको सम्भावना छ।

अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहे पनि केही स्थानमा भारी वर्षा हुने विभागले जनाएको छ ।
विभागका अनुसार प्रदेश १, २, बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानमा र प्रदेश ५, सुदुरपश्चिम प्रदेश र कर्णाली प्रदेशको एक दुई स्थानमा भारी वर्षाको सम्भावना छ।

काठमाडौं उपत्यकामा बिहानैदेखि मौसममा बदली आएको छ र वर्षा भइरहेको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार न्यूनचापीय मनसुनी रेखा तराईका भूभागमा भित्रिँदो क्रममा रहेकाले अझै कम्तिमा तीन दिन पानी पर्नेछ।

पानी पर्ने क्रम रहेकाले बाढी, पहिलो तथा डुबानको सम्भावना भएकाले सतर्क रहन विभागले आग्रह गरेको छ।

यसअघि बुधबार नै गृह मन्त्रालयले विज्ञप्ति जारी गरेर आइतबारसम्म देशभर वर्षा हुन सक्ने भएकाले बाढी पहिरोबाट सतर्क रहन आग्रह गरेको छ।

वर्षाको वितण्डा :

 

प्रकाशित: Jul 10, 2020| 07:40 शुक्रबार, असार २६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।