बुधबार, चैत ११, २०८२

हावाबाट कोरोना फैलिने कुरा नकार्न सकिन्न : डब्लुएचओ

विश्व स्वास्थ्य संगठनले कोरोना भाइरसको संक्रमण हावाबाट फैलिएको कुरालाई स्वीकार गरेको छ।
 |  बुधबार, असार २४, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, असार २४, २०७७

विश्व स्वास्थ्य संगठनले कोरोना भाइरसको संक्रमण हावाबाट फैलिएको कुरालाई स्वीकार गरेको छ।

National life

यसअघि वैज्ञानिकहरुको एक समूहले डब्लुएचओलाई खुला पत्र लेख्दै हावाबाट कोरोना भाइरस फैलिने दाबीसहित उसको मौजुदा दिशानिर्देशमा सुधार गर्न अपिल गरेका थिए।

डब्लुएचओको कोभिड–१९ सँग सम्बन्धित टेक्निकल लिड डाक्टर मारिया वा केरखोवले मंगलबार एक न्युज ब्रिफिङमा भनिन्, ‘हावाबाट कोरोना भाइरस फैलिएको भन्ने विषयमा हामी थप अध्ययन गरिरहेका छौं। खासगरी बढी भिडभाड हुने सार्वजनिक स्थलमा हावाबाट पनि कोरोना सर्ने कुरालाई इन्कार गर्न सकिन्न।’

डब्लुएचओले कोरोना भाइरस संक्रमित व्यक्तिको नाक वा मुखबाट निस्कने सुक्ष्म कणबाट सर्ने बताउँदै आएको छ। कमसेकम ३.३ फुट दूरी कायम गरेमा कोरोनाको रोकथाम सम्भव हुने उसले बताउँदै आएको छ। हावाबाट पनि कोरोना फैलिएको खण्डमा सोसल डिस्टान्सको नियम पनि बदल्नुपर्ने हुन्छ।

 

प्रकाशित: Jul 08, 2020| 06:28 बुधबार, असार २४, २०७७
प्रतिक्रिया दिनुहोस्