आइतबार, चैत ८, २०८२

इंग्लिस क्लबका खेलाडीले प्रशिक्षणमा ट्याकल गर्न नपाउने

इंग्लिस क्लबका खेलाडीले अब प्रशिक्षणमा ट्याकल (बल खोस्ने, एकले अर्काेलाई छेक्ने, छलाउने) गर्न नपाउने भएका छन्।
 |  बुधबार, वैशाख ३१, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, वैशाख ३१, २०७७

इंग्लिस क्लबका खेलाडीले अब प्रशिक्षणमा ट्याकल (बल खोस्ने, एकले अर्काेलाई छेक्ने, छलाउने) गर्न नपाउने भएका छन्। कोरोना भाइरस (कोभिड–१९)को जोखिम कम गर्न यस्तो नियम लागू गरिएको हो। 

National life

प्रशिक्षण गर्ने मैदानलाई विषाणुरहित बनाइने छ र पाँच जना खेलाडीभन्दा धेरै एकै ठाउँमा ग्रुप बनाएर बस्न पाइने छैन।

इंग्लिस प्रिमियर लिगको अफिसियल प्रोटोकलले खेलाडी र प्रशिक्षकलाई मंगलबार पत्र पठाउँदै सामाजिक दूरी कायम राख्न यस्तो नियम लागू गरेको बताएको हो।

अब प्रशिक्षणका दौरान प्रयोग भएका कुनाको झण्डा, भकुन्डो, सोली, गोलपोस्ट र खेलसतह विषाणुरहित बनाइने भएको छ। प्रशिक्षकको प्रत्येक सत्रपछि मैदानलाई डिइन्फेक्टेड गरिने छ।

लिगका प्रमुखले आउँदो सोमबारबाट प्रशिक्षण सुरु हुने बताएका छन्। प्रशिक्षणमा सहभागी खेलाडीलाई हप्तामा दुई पटक कोरोना परीक्षण गराइने छ।

Laxmi sunrise bank
kumari

इंग्ल्यान्डमा लिगका खेल छिटै सुरु गर्ने फुटबल एसोसिएसनले बताइरहेको छ। तर, न्युट्रल भेन्युमा गर्ने प्रस्ताव भने क्लबले अस्वीकार गर्दै आएका छन्।

क्लबले होम र अवेको रणनीति उचित रहेको र न्युट्रल भेन्युमा नखेल्ने बताउँदै आएका छन्।

बीबीसी

प्रकाशित: May 13, 2020| 11:35 बुधबार, वैशाख ३१, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।