मंगलबार, भदौ ९, २०८३
  • गृहपृष्ठ
  • समाज
  • झण्डै ७ हजार जना कोरोना संक्रमणमुक्त, आज १८० संक्रमित थप

झण्डै ७ हजार जना कोरोना संक्रमणमुक्त, आज १८० संक्रमित थप

देशका विभिन्न ठाउँबाट कोरोना संक्रमण भई निको हुनेको संख्या झण्डै ७ हजार नजिक पुगेको छ।
 |  सोमबार, असार २२, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, असार २२, २०७७

काठमाडौं- देशका विभिन्न ठाउँबाट कोरोना संक्रमण भई उपचारपछि निको हुनेको संख्या झण्डै ७ हजार नजिक पुगेको छ।

पछिल्लो २४ घण्टामा विभिन्न ठाउँका आइसोलेसन तथा अस्पतालबाट २६४ जना डिस्चार्ज भएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ।

याेसहित अहिलेसम्म कोरोना संक्रमणमुक्त भएर ६ हजार ८११ जना डिस्चार्ज भएका छन्।

त्यस्तै नेपालमा कोरोना संक्रमितको संख्या १५ हजार ९६४ पुगेको छ। पछिल्लो २४ घण्टामा देशका विभिन्न ठाउँमा गरी १८० जना संक्रमित थप भएका छन्।

पछिल्लो २४ घण्टामा देशभरका विभिन्न २५ वटा प्रयोगशालामा ४ हजार ७२१ नमुनाको पीसीआर परीक्षण गरिएको छ।

हाल देशका विभिन्न क्वारेन्टिनमा २९ हजार २१५ जना रहेका छन् भने कोरोना संक्रमण पुष्टि भएर आइसोलेसन बसेका व्यक्तिको संख्या ९ हजार ११८ छ।

प्रकाशित: Jul 06, 2020| 16:29 सोमबार, असार २२, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।