आइतबार, भदौ ७, २०८३
  • गृहपृष्ठ
  • समाज
  • कांग्रेसको लकडाउन समीक्षा : सरकार नागरिकको सुरक्षाभन्दा राजनीतिक मुद्दामै केन्द्रित भयो

कांग्रेसको लकडाउन समीक्षा : सरकार नागरिकको सुरक्षाभन्दा राजनीतिक मुद्दामै केन्द्रित भयो

समीक्षा सार्वजनिक गर्दै कांग्रेसले मुलुकमा स्वास्थ्य संकट र लकडाउन हुँदा पनि सरकार राजनीतिक मुद्दामै अल्झिएको बताएको हो।
 |  बुधबार, वैशाख ३१, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, वैशाख ३१, २०७७

काठमाडौं– नेपाली कांग्रेसले ५० दिनको लकडाउन समीक्षा गरेको छ।

आज समीक्षा सार्वजनिक गर्दै कांग्रेसले मुलुकमा स्वास्थ्य संकट र लकडाउन हुँदा पनि सरकार राजनीतिक मुद्दामै अल्झिएको बताएको हो।

संकटमा प्रतिपक्ष दल सरकारको साथमा भए पनि सरकार स्वयंले विवादास्पद अध्यादेश ल्याएर राजनीतिक द्वन्द्व निम्त्याएको कांग्रेसको भनाइ छ।

गत माघ १० गते पहिलो संक्रमित भेटिए लगत्तै सरकार दूरदर्शी र गम्भीर भएर नागरिकको स्वास्थ्यमा केन्द्रित भएको भए देश आज लकडाउनमा नभएर खुला भइसक्ने कांग्रेसले जनाएको छ।

समीक्षाअनुसार सरकार गम्भीर नभएकै कारण एकातर्फ नागरिकले कष्टकर दैनिकी बिताउनु परेको छ भने अर्कातर्फ देशको अर्थतन्त्रले ठुलो क्षति व्यहोरेको छ।

सरकारको अदूरदर्शिता र रणनीति शून्यताको परिणाममा देशले लकडाउनको पीडा झेल्नु परेको कांग्रेसको आरोप छ।

कांग्रेसले जिम्मेवार प्रतिपक्षका रूपमा ‘सरकारमा सँगै नरहेर पनि संकटमा सँगै लड्न सकिन्छ’ भन्ने नीति तय गरेको जनाएको छ।

कांग्रेसका अनुसार यो बीचमा अत्यावश्यक स्वास्थ्य सामग्रीको पर्याप्त व्यवस्था गर्न, विदेशमा अलपत्र नेपालीलाई उद्दार गर्नेलगायत मुद्दामा सरकारलाई निरन्तर सुझाव दिइएको छ।

कोरोनापछिको नेपालको अर्थतन्त्रबारे दूरगामी दृष्टिकोण निर्माण गर्न नेपाली कांग्रेसले यस बीचमा ‘अर्थतन्त्र केन्द्रित विशेष समिति’ गठन गरेर अध्ययन गरिसकेको जनाएको छ।

प्रकाशित: May 13, 2020| 17:27 बुधबार, वैशाख ३१, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।