शुक्रबार, असोज ४, २०८१

कर्णालीमा १२ सय भन्दा बढी संक्रमणमुक्त

कर्णाली प्रदेशमा कोरोना संक्रमण पुष्टि भएका झण्डै साढे १२ सय जना संक्रमणमुक्त भएका छन्।
 |  आइतबार, असार २१, २०७७
nespernesper

देव राना

देव राना

आइतबार, असार २१, २०७७

सुर्खेत- कर्णाली प्रदेशमा कोरोना संक्रमण पुष्टि भएका झण्डै साढे १२ सय जना संक्रमणमुक्त भएका छन्। कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयका अनुसार हालसम्म १२ सय ३१ जना संक्रमणमुक्त भएका छन्।

triton college

कर्णालीको कोरोना इपीसेन्टर भनेर चिनिने दैलेखमा सबैभन्दा बढी अर्थात् ७०३ जना संक्रमणमुक्त भएका छन्। स्वास्थ्य सेवा कार्यालय दैलेखले दिएको जानकारीअनुसार ६ सय ५५ जना पुरुष र ४८ जना महिला संक्रमणमुक्त भएर घर फर्किएका छन्।

दैलेखको नारायण नगरपालिकामा २२३ जना, दुल्लु नगरपालिकाका ७२ जना, आठबिस नगरपालिकामा २० जना, ठाँटीकाध गाउँपालिकामा ३ जना, भैरवी गाउँपालिकामा ५ जना, महाबु गाउँपालिकामा १६३ जना, नौमुले गाउँपालिकामा १३९ जना, भगवतीमाई गाउँपालिकामा ४ जना, डुंगेश्वर गाउँपालिकाका ६६ जना र गुराँस गाउँपालिकामा ८ जना संक्रमणमुक्त भएका छन्।

अहिले दैलेखमा १३१ र प्रदेशभर २६१ जना कोरोना संक्रमित विभिन्न आइसोलेसनमा बसिरहेका छन्।
आइतबार मात्रै प्रदेश अस्पतालबाट १३ जना, मेहलकुना अस्पतालबाट ३ जना, गुर्भाकोट आइसोलेसनबाट ३ जना, सल्यान अस्पतालबाट ५ जना र कालिकोट अस्पतालबाट २ जना गरी कुल ३० जना कोरोना संक्रमणमुक्त भएका छन्।

संक्रणमुक्त हुनेको संख्या बढ्दै जाँदा नयाँ थपिने क्रममा पनि कमी आएको छ। कर्णालीमा आइतबार ९ जना मात्र संक्रमित थपिएका छन्।

Metro Mart
vianet

दैलेख जिल्ला अस्पतालमा गरिएको परीक्षणमा ८ जनामा र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा गरिएको परीक्षणमा १ जनामा कोरोना संक्रमण पुष्टि भएको कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखाका प्रमुख डा.लक्ष्मीनारायण तिवारीले जानकारी दिए।

नयाँ संक्रमितमध्ये दैलेखका ५, सुर्खेत, सल्यान, चितवन र नवलपरासीका १–१ जना छन्। कर्णाली प्रदेशमा संक्रमितको कुल संख्या १ हजार ४९८ पुगेको छ।

प्रकाशित: Jul 05, 2020| 19:05 आइतबार, असार २१, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।