भारत, लखनउको एक होटेलमा भएको विवाह पश्चात बेहुलाबेहुली र समारोहमा सहभागी १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
१८ जुनमा भएको विवाहको १० दिनपछि उनीहरुमा कोरोना भाइरसको संक्रमण रहेको पुष्टि भएको हो । विवाहमा ५० भन्दा बढी सहभागी भएको र अहिले सबैको कन्ट्याक्ट ट्रेसिङ भइरहेको भारतीय पत्रिका टाइम्स अफ इन्डियाले उल्लेख गरेको छ।
बेहुला र बेहुलीमा विवाहको केही दिनमै संक्रमणका लक्षण देखिएपछि उनीहरुले गराएको परीक्षणमा दुबैको रिपोर्ट पोजिटिभ आएको थियो। त्यसपछि विवाहमा सहभागी अन्यको पनि जाँच गरिंदा थप ८ जनामा संक्रमण पाइएको हो।
अहिले विवाह समारोहमा सहाभागी साथै होटेलका कर्मचारी र उनीहरुको सम्पर्कमा आएका व्यक्ति खोजेर परीक्षण गर्ने काम भइरहेको छ।
यसअघि विहारमा आयोजित एक विवाह समारोहमा सहभागी १११ जनामा कोरोना संक्रमण भएको पाइएको थियो ।