शनिबार, वैशाख ६, २०८२
  • गृहपृष्ठ
  • विदेश
  • भारतमा हरेक दिन ८० हत्या र ७७ बलात्कारका मुद्दा दर्ता : रिपोर्ट

भारतमा हरेक दिन ८० हत्या र ७७ बलात्कारका मुद्दा दर्ता : रिपोर्ट

राष्ट्रिय आपराधिक ब्युरोले बुधबार सन् २०२० मा भएका अपराधको तथ्यांक सार्वजनिक गरेको छ। सार्वजनिक भएको तथ्यांक अनुसार सन् २०१९ को तुलनामा सन् २०२० मा २८ प्रतिशत अपराधका घटनाहरु बढेको पाइएको छ।
 |  बुधबार, भदौ ३०, २०७८
nespernesper

बीबीसी

बीबीसी

बुधबार, भदौ ३०, २०७८

vianetvianet

नयाँ दिल्ली- राष्ट्रिय आपराधिक ब्युरोले बुधबार सन् २०२० मा भएका अपराधको तथ्यांक सार्वजनिक गरेको छ। सार्वजनिक भएको तथ्यांक अनुसार सन् २०१९ को तुलनामा सन् २०२० मा २८ प्रतिशत अपराधका घटनाहरु बढेको पाइएको छ। 

triton college

ब्युरोका अनुसार कोरोना महामारीका नियमहरुको उल्लंघनका कारण पनि धेरै अपराधहरु भएका छन्। हरेक एक लाख जनसंख्यामा दर्ता भएका अपराधका घटनामा पनि वृद्धि भएको पाइएको छ। 

सन् २०१९ मा अपराधको दर ३८५.५ प्रति लाख थियो भने सन् २०२० मा बढेर ४८७.८ प्रति लाख पुगेको थियो। रिपोर्टका अनुसार भारतमा सन् २०२० को २५ मार्चदेखि सन् २०२१ को ३१ मेसम्म भारतमा पूर्ण लकडाउन गरिएको थियो। जसका कारण महिला, बालबालिका र ज्येष्ठ नागरिकहरुविरुद्ध अपराधका घटनाहरु भएका छन्। यससँगै चोरी, डकैतीका मामिलाहरु पनि दर्ता भएका छन्। 

सन् २०२० मा २९ हजार १९३ जनाको हत्या भएको उजुरी परेको छ। यो तथ्यांक औसतमा हेर्दा हरेक दिन ८० जनाको दरमा पर्छ। त्यसैगरि २८ हजार ४६ महिला बलात्कृत भएको उजुरी परेको छ। यो तथ्यांक औसतमा हरेक दिन ७७ जना बलात्कृत भएका छन्। 

महिलाविरुद्धका अपराधका कुल तीन लाख ७१ हजार ५०३ मुद्दा परेका छन्। यो तथ्यांक सन् २०१९ को तुलनामा चार लाख पाँच हजार ३२६ मुद्दा बढी हुन्। 

National life insurance

प्रकाशित: Sep 15, 2021| 21:29 बुधबार, भदौ ३०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।
बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।