शनिबार, वैशाख ६, २०८२
  • गृहपृष्ठ
  • विदेश
  • अफगानिस्तान : दमन, अशान्ति, अस्थिरता, पर्खाइ, आशीष, भागदौड र यादहरु

अफगानिस्तान : दमन, अशान्ति, अस्थिरता, पर्खाइ, आशीष, भागदौड र यादहरु

यस एक महिनाको अवधिमा अफगानी नागरिकहरुले आफ्नो अगाडि मृत्यु देखे, आफ्नै मृत्युबाट जोगिए, आफन्तको मृत्युमा प्रताडित भए, मृत्युबाट भाग्‍न खोज्दाखोज्दै मृत्यबरण गरे, कयौंले मृत्युलाई छोडेर सात समुद्रपारि उडे, कयौं अझै मृत्युसँग लडिरहेका छन्।
 |  बुधबार, भदौ ३०, २०७८
nespernesper

बीबीसी

बीबीसी

बुधबार, भदौ ३०, २०७८

vianetvianet

काबुल- अफगानिस्तानमा तालिबान समूहले कब्जा गरेको बुधबार एक महिना पूरा भएको छ। यस एक महिनाको अवधिमा अफगानी नागरिकहरुले आफ्नो अगाडि मृत्यु देखे, आफ्नै मृत्युबाट जोगिए, आफन्तको मृत्युमा प्रताडित भए, मृत्युबाट भाग्‍न खोज्दाखोज्दै मृत्यबरण गरे, कयौंले मृत्युलाई छोडेर सात समुद्रपारि उडे, कयौं अझै मृत्युसँग लडिरहेका छन्। 

triton college

पछिल्लो एक महिनामा अफगानिस्तान विभिन्‍न कारुणिक दृश्यहरु देखिए। जसमा तालिबानको दमन, शान्तिको पर्खाइमा खेर गएका २० वर्ष, फेरि अशान्ति, अस्थिरता, उद्धारको पर्खाइमा विमानस्थलमा पर्खिरहेकाहरु, मन अमिलो पारेर अफगानिस्तानमा नै छुटेका आफन्तहरु, एक-अर्काको सुखको लागि व्यक्ति गरिएको आशीर्वाद र अझै भागिरहेका जीवनहरु देखिए।

सीमा क्षेत्रमा लगाइएका तारबारलाई पार गर्दै जीवन बचाउनकै लागि सीमा पारि फ्याँकिएका नवजात शिशु, झोला भिरेका साना बच्चाबच्चीहरु, ब्युटी पार्लरमा लुकेका सुन्दर अनुहारहरुमा पोतिएको कालोलगायतका दृश्यहरु तालिबानी शासनमा देखिए। यस्तै कारुणिक दृश्यहरु यहाँ राखिएको छ। 


 भागदौडपछि जे बाँकी रह्‍यो...।

National life insurance


यो एक तस्बिरमात्र होइन, पूरा एक जिन्दगी हो। मानवता, आतंक, विछोड, आराम। मानिससँग जोडिएको हरेक भाव यस तस्बिरमा समेटिएको छ। 



तालिबानी प्रवक्ताले गरेको पहिलो पत्रकार सम्मेलनमा भनेका थिए- यस शासनकालमा महिला अधिकारलाई सम्मान गरिनेछ। तर, ठिक विपरित भयो। तस्बिर झुट बोल्दैन।


अमेरिकी सेना पूर्णरुपमा फिर्ता भएपछि विभिन्‍न सवालहरु उठे। उक्त सवालहरुको जवाफ त मिल्‍न पनि सक्छ। तर, जुन कुरा अफगानी नागरिकहरुले भोगेका छन्, त्यो भोगाइको खाटा कहिल्यै मेटिने छैन।

 यही सुन्दर तस्बिरलाई भनिन्छ होला सायद, प्रेम। तालिबानले आत‌ंक फैलाएपछि विछोडिएको बालक र अमेरिकी सेना। 


अमेरिकी सेना कयौं एयरक्राफ्टर हेलिकोप्टर छोडेर गए। ती उकरणहरु अमेरिकी सेनाले तालिबानले प्रयोग गर्न नसकुन् भनेर खराब गरेर गएका छन्। 


 अफगानिस्तानबाट फिर्ता भएका अन्तिम अमेरिकी सैनिक। 

... यससँगै करिब २० वर्षसम्म चलेको युद्धको एक अध्याय समाप्त भयो। तर, सम्भवत: अफगानीहरुले कयौं चोटहरु अझै सहनुपर्नेछ।





प्रकाशित: Sep 15, 2021| 20:57 बुधबार, भदौ ३०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।
बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।