काठमाडौं– लकडाउनले करिब तीन महिना बन्द बजार खुलेपछि दुई पाङ्ग्रे सवारी साधन बिक्री गर्ने कम्पनीले विभिन्न अफर ल्याएका छन्। लकडाउनले ठप्प व्यवसायलाई लयमा फर्काउन ग्राहकलाई सजिलो हुने खालका विभिन्न अफर आएका छन्।
यामाहा
नेपालका लागि यामाहा मोटरसाइकल तथा स्कुटरको आधिकारिक विक्रेता मोरङ अटो वर्क्स इन्टरप्राइजेज प्रा. लि.ले शून्य प्रतिशत डाउन पेमेन्ट र शून्य प्रतिशत ब्याजदरसहितको अफर ल्याएको छ।
त्यस्तै यामाहा कम्पनीका मोटरसाइकल तथा स्कुटर किन्दा नगद छुट १० हजार पनि प्राप्त गर्न सकिने जनाइएको छ। कम्पनीका अनुसार शून्य प्रतिशत डाउन पेमेन्ट, शून्य प्रतिशत ब्याजदर वा १० हजार छुट देशभरका यामाहा शोरुमबाट उपलब्ध हुनेछ।
बजाज
बजाज मोटरसाइकलको आधिकारिक बिक्रेता एचएच बजाजले पनि आकर्षक अफर ल्याएको छ। बजाजका मोटरसाइकल किन्दा ग्राहकले नगद १२ हजार छुट पाउन सक्छन्। त्यस्तै ५० प्रतिशत डाउन पेमेन्ट गर्दा ग्राहकले शून्य प्रतिशत ब्याजदरको सुविधा प्राप्त गर्नेछन्। कम्पनीका अनुसार न्यूनतम २० प्रतिशत डाउन पेमेन्टमा पनि बजाज मोटरसाइकल किन्न सकिन्छ।

होण्डा
होण्डा मोटरसाइकल तथा स्कुटरको नेपालका लागि अधिकृत बिक्रेता स्याकार ट्रेडिङ कम्पनीले ‘होण्डा एक रुपैयाँ अफर’ ल्याएको छ। यो अफर अन्तर्गत एक रुपैयाँ डाउन पेमेन्टमा होण्डा मोटरसाइकल तथा स्कुटर खरिद गर्न सकिन्छ। ब्याजदरसमेत एक प्रतिशत रहेको कम्पनीको भनाइ छ।

टीभीएस
टीभीएसका मोटरसाइकल तथा स्कुटर पनि शून्य प्रतिशत डाउन पेमेन्टमा किन्न सकिन्छ। टीभीएसको ‘बाइ नाउ पे ईजी’ अफर अन्तर्गत मासिक किस्ता ९९ रुपैयाँ मात्रै कायम गरिएको छ।
ग्राहकले टीभीएसको मोटरसाइकल खरिद गर्दा १२ हजार नगद छुट र स्कुटर खरिद गर्दा १० हजार छुट प्राप्त गर्न सक्नेछन्। नेपालमा टीभीएसका मोटरसाइकल तथा स्कुटर जगदम्बा मोटर्स प्रा.लि.ले बिक्री गर्दै आइरहेको छ।
सुजुकी
सुजुकी मोटरसाइकल तथा स्कुटरको बिक्रेता भीजी अटोमोबाइल्सले १५ हजार छुटको अफर ल्याएको छ। फाइनान्स, नगद खरिद र साटफेर गर्दा पनि छुट प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ।

पढ्नुस्ः
गाडी किन्ने सोचमा हुनुहुन्छ ? यस्ता छन् विभिन्न कम्पनीका अफर