शनिबार, भदौ ६, २०८३

घरमै बसेर नबिल बैंकमा खाता खोल्न सकिने

नबिल बैंकले घरमै बसेर खाता खोल्न सकिने सुविधा सहितको डिजिटल सेवा सुरू गरेको छ।
 |  मंगलबार, वैशाख २३, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, वैशाख २३, २०७७

काठमाडौं– नबिल बैंकले घरमै बसेर खाता खोल्न सकिने सुविधा सहितको डिजिटल सेवा सुरू गरेको छ।

कोभिड–१९ को जोखिमबाट ग्राहकलाई सुरक्षित बनाउन नयाँ सुविधा ल्याइएको बैंकले जनाएको छ।

ग्राहकले खाता खोलेपछि मोबाइल तथा इन्टरनेट बैंकिङमार्फत कारोबार गर्न सक्नेछन्।

मोबाइल बैंकिङ सुबिधाअन्तर्गत ग्राहकले रिचार्ज गर्ने, बिल भुक्तानी, बीमा प्रिमियम भुक्तानी, रकम रकमान्तर गर्ने जस्ता कार्यहरु गर्न पाउने छन्।

प्रकाशित: May 05, 2020| 09:02 मंगलबार, वैशाख २३, २०७७
प्रतिक्रिया दिनुहोस्