सुर्खेत - कर्णाली प्रदेशमा कोरोना संक्रमितको संख्या १४ सय नाघेको छ। पछिल्लो २४ घण्टामा थप ७२ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै प्रदेशभर संक्रमितको संख्या १४ सय ७ पुगेको हो।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला, प्रदेश अस्पताल र पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा ७२ जना कोरोना संक्रमण पुष्टि भएको कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयले जनाएको छ।
मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख डा. लक्ष्मीनारायण तिवारीका अनुसार संक्रमितमध्ये दैलेखका १९, सुर्खेतका १२, कालिकोटका तीन, सल्यान, जुम्लाका एक/एक जना र अन्य प्रदेशका २५ जिल्लाका ३६ जना छन्।
आज दैलेख, सुर्खेत र सल्यानका एक सय २४ जना कोरोना संक्रमणमुक्त भएका छन्।