मंगलबार, भदौ ९, २०८३
  • गृहपृष्ठ
  • समाज
  • संसद्‌मा नेपाली मात्रै बोल्न माग गर्दै सर्वोच्चमा रिट दर्ता

संसद्‌मा नेपाली मात्रै बोल्न माग गर्दै सर्वोच्चमा रिट दर्ता

संघीय संसद्को दुवै सदनमा नेपाली भाषा मात्रै बोल्न आदेश माग गर्दै सर्वोच्च अदालतमा रिट दर्ता भएको छ।
 |  मंगलबार, असार ९, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, असार ९, २०७७

काठमाडौं– संघीय संसद्को दुवै सदनमा नेपाली भाषा मात्रै बोल्न आदेश माग गर्दै सर्वोच्च अदालतमा रिट दर्ता भएको छ।

अधिवक्ताद्वय केशरजंग केसी र लोकेन्द्र ओलीले सरकारी कामकाजको भाषा मात्रै सदनमा बोल्न माग गर्दै रिट दर्ता गराएका हुन्।

अधिवक्ता ओलीका अनुसार संविधानको धारा ७ (१) मा सरकारी कामकाजको भाषा देवनागरी लिपीमा लेखिने नेपाली भाषा हुनेछ भनिएको छ।

त्यस्तै संविधानको धारा १ (२) र धारा ४८ (ख) मा संविधान र कानुनको पालना गर्नु नागरिकको कर्तव्य हुनेछ भनिएको छ।

“विधायकहरु संघीय संसद्का दुवै सदनमा बोल्ने सरकारी कामकाज कै लागि हो। जो इतिहाससम्म अभिलेख हुन्छ,” ओलीले भने, “अतः दुवै सदनमा नेपाली भाषा मात्र बोल्न माग गरिएको हो।”

रिटमा यसअघि सांसद् सरिता गिरी र अमृता अग्रहरीले बोलेको हिन्दी भाषा संसद्को अभिलेखबाट हटाउन माग पनि गरिएको छ।

रिटमा संविधानको धारा १३३ (२) (३) बमोजिम उत्प्रेषणको आदेश हिन्दी भाषामा बोलिएको सामग्री हटाइ र बदर गरी नेपाली मात्र बोल्नु/बोलाउनु भनी संघीय संसद्का दुवै सदनका नाममा परमादेश जारी गर्न माग गरिएको छ।

यसअघि मुख्य रजिस्ट्रारले गरेको दरपीठ न्यायाधीश टङ्कबहादुर मोक्तानको एकल इजलासले बदर गरिदिएपछि आज रिट निवेदन दर्ता भएको हो।

सम्बन्धित समाचार

संसदमा नेपालीमात्रै बोल्न पाउने माग गरिएको रिट दर्ता हुने

प्रकाशित: Jun 23, 2020| 18:02 मंगलबार, असार ९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।