मंगलबार, जेठ ५, २०८३

आफूखुसी शुल्क नलिन निजी विद्यालयलाई शिक्षा मन्त्रालयको निर्देशन

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले अनलाइन कक्षा र नयाँ भर्नाका नाममा आफूखुसी शुल्क नलिन निजी विद्यालय सञ्चालकलाई निर्देशन दिएकाे छ।
 |  सोमबार, असार ८, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, असार ८, २०७७

काठमाडौं- शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले अनलाइन कक्षा र नयाँ भर्नाका नाममा आफूखुसी शुल्क नलिन निजी विद्यालय सञ्चालकलाई निर्देशन दिएकाे छ। निजी विद्यालयका छाता संस्था प्याब्सन र एन प्याब्सनले आफूखुसी शुल्क लिन थालेपछि मन्त्रालयले यस्ताे निर्देशन दिएकाे हाे।

National life

निजी विद्यालय सञ्चालकका संस्थाले अभिभावकलाई सामाजिक दूरी काय गरी माथिल्लो कक्षामा विद्यार्थीको अभिलेखीकरण गराई बक्यौता शुल्क बुझाउन आइतबार आग्रह गरेका थिए।

शिक्षा मन्त्रालयले कोरोना महामारी र बन्दाबन्दीको विद्यमान विषम स्थितिमा निजी लगानीका विद्यालयले भोग्नुपरेका समस्याका बारेमा विधिसम्मत निरुपणका लागि सम्बन्धित पक्षसँग परामर्श जारी रहेकाले कुनै शुल्क लिन नमिल्ने स्पष्ट गरेको हो।

मन्त्रालयका प्रवक्ता एवं सहसचिव दीपक शर्माद्वारा सोमबार जारी विज्ञप्तिमा नेपाल सरकार, मन्त्रिपरिषद्को निर्णयअनुसार सेवा र कार्यबाहेकका विद्यालय सम्बद्ध गतिविधि स्थगितको आदेश कायम रहेको अवस्थामा ‘वैकल्पिक प्रणालीबाट विद्यार्थीको सिकाइ सहजीकरण निर्देशिका, २०७७’ को विपरीत हुने क्रियाकलाप सञ्चालन नगर्न, नगराउन सम्बन्धित सबैमा जानकारी गराइएको छ।

निर्देशिकाको कार्यान्वयनमा कुनै समस्या भएका सम्बन्धित स्थानीय तहसँग परामर्श गर्न मन्त्रालये भनेको छ।

गत वैशाखदेखि नयाँ शैक्षिकसत्र सञ्चालन हुनुपर्नेमा बन्दाबन्दीका कारण सरकारको निर्णयका आधारमा यही असार १ गतेदेखि सबै सामुदायिकसहित सबै प्रकारका विद्यालयमा वैकल्पिक माध्यमबाट सिकाइ सञ्चालन भइरहेको छ। सामुदायिक विद्यालयमा निःशुल्क अनलाइन तथा दूर शिक्षाको पढाइ भइरहेको छ।

लकडाउनका बेलाकाे पनि शुल्क तिर्न निजी स्कुलको अपिल

निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) का अध्यक्ष टीकाराम पुरी र राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन (एन प्याब्सन) का अध्यक्ष ऋतुराज सापकोटाद्वारा संयुक्त रुपमा विज्ञप्ति जारी गरी अभिभावकलाई शुल्क बुझाउन आग्रह गरिएको थियो।

यस्ताे छ शिक्षा मन्त्रालयकाे विज्ञप्ति

 

प्रकाशित: Jun 22, 2020| 21:20 सोमबार, असार ८, २०७७
प्रतिक्रिया दिनुहोस्