आइतबार, असोज १८, २०८३

कृपया हामी बाँदरको इज्जत गर, सडकमा विम्बन गरेर दुःख नदेऊ [व्यङ्ग्य]

कोरोना, लकडाउन, छिन्नभिन्न राजनीति र अनर्थपूर्ण विम्बनका कारण शिथिल हामी बाँदरको तर्फबाट सबैलाई अनुरोध, आज युवासँघ नामको समूहले जस्तो हामीलाई कहिल्यै बेइजत नगर्दिनु। सक्नुहुन्छ, माया गर्नु, सक्नुहुन्न हामीलाई नसम्झनु।
 |  बुधबार, साउन ६, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, साउन ६, २०७८

​हामी बाँदरका आफ्नै सनातनी दुःख छन्। यस्ता दुःख त उहिल्यैदेखि छन्। बेलाबेला अतिरिक्त दुःख पनि थपिन्छन्। जस्तो, मंगलबार  मात्र हामीलाई  राजधानीकाे सडकमा देखिएको एउटा परिघटनाले अर्को दुःख थप्यो। दुःखले दिल दुखायो कि दिलले दुःख दख्यो? यो प्रश्न उब्जेसँगै जवाफ नपाउनुको अर्को दुःख थपियो।

राजनीति हामी बाँदरलाई महत्त्व राख्दैन। किनभने हामी बाँदरको राजनीतिभन्दा मनुवाको राजनीति गएगुज्रेको छ। हाम्रा आफ्ना विधि–विधान छन्, जुन अहिलेसम्म हामीले भत्काएका छैनौं। तर मनुवा राजनीति हाम्रा पुस्ताले २००७ सालमै भोगेको कुरा हो। त्यसअघि पनि होला। निरन्तर रुपमा भएका आन्दोलन, त्यसका उपलब्धि र त्यसको प्रयोगमाथि मनुवाहरूले ‘हाम्रा हातमा नरिवल’ विम्बन गर्छन् तर हामीलाई लाग्छ, हाम्रो हातको नरिवल त सुरक्षित छ। खसे पनि कम्तीमा भुँइमा खस्छ, चर्केला। त्यो कहिल्यै फुट्दैन। तर मनुवाका हातमा परेको अधिकार फुटेको, टुटेको र त्यो विक्षत भएको हामी आफैंले देखेका छौं। बुझ्दा या मनन गर्दा साह्रै दु:ख लाग्छ।

आजैको कुरा गरौं। 

हाम्रो अनुहार र व्यवहार त्यति सस्तो छैन कि ‘इगो’ र ‘विधान’को असम्मान होस्। हामी डुल्ने रनवन र गाउँघरका जनताले यो देशको मुहार फेर्न दिएको जनादेशलाई जसले चिथोर्दै गयो, जसले भत्काउँदै गयो र जसले कुल्चँदै गयो त्यसैले हाम्रो अनुहार सापटी लियो। योभन्दा दुःख हाम्रा लागि के हुन सक्छ? कसैले देखाइयोस्, हाम्रो बथानमा कसैले विधि-विधान मिचेको होस्। कसैले देखाइदियोस्, हाम्रो हुलमा कसैले कसैलाई विभेद गरेको होस्। हाम्रा अनुशासनबारे हामी आफैंले बयान गर्नुभन्दा तपाईं आफैंले मुकेश चालिसेलाई बोलाएर सोध्नुस्। 

अहम्, चलखेल, महत्वाकांक्षा, धूर्तता र आफैंले लेखेको संविधानभन्दा माथि उठ्ने चाहले कोही ढल्छ भने त्यसलाई हामी बाँदरसँग होइन, स्वयं त्यसैलाई प्रतीक बनाउने गरौँ। चाहे त्यो कम्युनिस्ट होस्, चाहे त्यो कांग्रेस वा त्यो हामी एउटा भत्केको मुकाम पूजा गर्ने कमल थापाको राप्रपा नै किन नहोस्, सबैले बाँदरलाई सम्झने अधिकार गुमाइसकेका छन्। झन्, केपी ओलीलाई ‘बा’ भनेर सडक ओर्लेनेहरुलाई त आलो श्राप लाग्छ। केपी कमरेडका तीन वर्ष मात्रै केलाएर हेर्‍यो भने हामीलाई त भाउन्न हुन्छ भने सच्चा र कर्तव्यनिष्ठ मनुवालाई के होला?

कोरोना, लकडाउन, छिन्नभिन्न राजनीति र अनर्थपूर्ण विम्बनका कारण शिथिल हामी बाँदरको तर्फबाट सबैलाई अनुरोध, आज युवासंघ नामको समूहले जस्तो हामीलाई कहिल्यै बेइज्जत नगर्दिनू। सक्नुहुन्छ, माया गर्नू, सक्नुहुन्न हामीलाई नसम्झनू।
​

(यो व्यङ्ग्य हामीलाई इमेलमा प्राप्त भएको हो- सम्पादक)

​

प्रकाशित: Jul 21, 2021| 12:31 बुधबार, साउन ६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

यी नेपाली चलचित्रले पानी पनि भन्न पाएनन् २०७९ मा

वर्षको अन्त्यतिर सार्वजनिक गरिएका केही चलचित्रले न्यून दर्शक पाएका छन्। तिनीहरूको टिकट एक हजारसमेत बिक्री भएको छैन।

जो आमा बनेपछि पनि अभिनयमा जमिरहे

‘फ्यान फलोइङ’ घट्छ, बच्चा जन्मिएपछि काम पाइँदैन भन्ने बुझाइलाई केही सेलिब्रेटीले गलत सावित गरेका छन्।

चलचित्र कमाइको रिपोर्ट गलत दिएभन्दै भुवन केसीप्रति दीपक आक्रोशित

कलाकार दीपकराज गिरी चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीप्रति आक्रोशीत भएका छन्।