बिहीबार, माघ ३, २०८१

Siddartha premir insuranceSiddartha premir insurance

६०० भन्दा बढी निरक्षरलाई साक्षर बनाउन अभियान सुरु

बारागढी गाउँपालिकामा अनौपचारिक शिक्षा तथा साक्षरता कार्यक्रम सञ्चालन गरेको छ।
 |  बुधबार, असार ३, २०७७

जियालाल साह

जियालाल साह

बुधबार, असार ३, २०७७

ntc landingntc landing

बारा- बारागढी गाउँपालिकामा अनौपचारिक शिक्षा तथा साक्षरता कार्यक्रम सञ्चालन गरिएको छ। गाउँपालिकाका १ देखि ६ वडामा सामुदायिक सिकाइ केन्द्रमा साक्षरता अभियान सुुरु गरिएको हाे।

himalayan bank box

वडा नं. १ मा जनता आधारभूत विद्यालय, २ मा मा सरस्वती सामुदायिक सिकाइ केन्द्र र ३ मा जनचेतना सामुदायिक सिकाइ केन्द्र तोकिएको छ। यस्तै वडा नं. ४ मा जनविकास सामुदायिक सिकाइ केन्द्र, ५ मा बारागढी सामुदायिक सिकाई केन्द्र तथा ६ मा ज्ञानगंगा सामुदायिक सिकाइ केन्द्रमा साक्षरता कक्षा सञ्चालन गरिएको गाउँपालिकाले जनाएको छ।

अभियानअन्तर्गत बारागढी गाउँपालिकामा रहेका ६ सय ११ जना निरक्षर महिला तथा पुरुषलाई साक्षर बनाइने बारागढी गाउँपालिकाकी शिक्षा अधिकृत जलमती चौधरीले बताइन्।

कक्षा सञ्चालन एक सय ५० देखि २ सय घण्टासम्म हुनेछ। कार्यक्रममा ६०० भन्दा बढी निरक्षर सहभागी छन्। कोरोना भाइरस महामारीका सामाजिक दुरीको पालनासहित वैकल्पिक मोडल (इच वन टिच वन) प्रयोग गरिएको चौधरीले बताइन्।

वडा १ देखि ५ सम्म क्रमशः २८, २५, २५, २५, ३२ र २७ जना स्वयंसेवक परिचालन गरिएको छ। नेपाल सरकारको साक्षर नेपाल अभियान २०७६ सफल बनाउन अभियान सञ्चालन गरिएको हो

प्रकाशित: Jun 17, 2020| 11:46 बुधबार, असार ३, २०७७
citizen insidecitizen inside
प्रतिक्रिया दिनुहोस्