शनिबार, वैशाख ६, २०८२
  • गृहपृष्ठ
  • विदेश
  • रुसी राष्ट्रपति र पाकिस्तानी प्रधानमन्त्रीबीचको फोन वार्तामा 'अफगानिस्तान मुद्दा'

रुसी राष्ट्रपति र पाकिस्तानी प्रधानमन्त्रीबीचको फोन वार्तामा 'अफगानिस्तान मुद्दा'

रुसी राष्ट्रपति भलाद्‌मीर पुटिन र पाकिस्तानी प्रधानमन्त्री इमरान खानबीच टेलिफोन वार्ता भएको छ।
 |  मंगलबार, भदौ २९, २०७८
nespernesper

बीबीसी

बीबीसी

मंगलबार, भदौ २९, २०७८

vianetvianet

इस्लामावाद- रुसी राष्ट्रपति भलाद्‌मीर पुटिन र पाकिस्तानी प्रधानमन्त्री इमरान खानबीच टेलिफोन वार्ता भएको छ। पाकिस्तानको प्रधानमन्त्री कार्यालयले जारी गरेको एक विज्ञप्ति अनुसार प्रधानन्त्री खानले रुसी राष्ट्रपतिसँगको टेलिफोन कुराकानीमा अफगानिस्तानको मुद्दाबारे छलफल भएको छ। 

triton college

कुराकानीका क्रममा प्रधानमन्त्री खानले राष्ट्रपति पुटिनसँग क्षेत्रीय सुरक्षा र समृद्धिका लागि अफगानिस्तानको शान्ति र स्थिरता निकै महत्वपूर्ण भएको उल्लेख गर्दै अफगानिस्तानलाई तत्काल मानवीय सहायताको व्यवस्था गर्न जरुरी भएको बताएका छन्। 

प्रधानमन्त्री खानले अफगानिस्तानमा जारी आर्थिक संकटलाई समाधान गर्नतर्फ जोड दिनुपर्नेसमेत उनले बताएको प्रधानमन्त्री कार्यालयले जारी गरेको  विज्ञप्तिमा उल्लेख छ। 

अफगानिस्तानबाट विदेशी सेना बाहिरिएसँगै विदेशी सहायतामा पनि रोक लगाइएको छ भने विभिन्‍न अन्तर्राष्ट्रिय संघसंस्थाहरुले पनि अफगानिस्तानको अर्थव्यवस्था संकटमा परेको प्रतिवेदनहरु सार्वजनिक गरेका छन्। 

प्रधानमन्त्री खानको कार्यालयले जारी गरेको विज्ञप्तिमा अफगानिस्तानको सहयोगका लागि अन्तराष्ट्रिय समुदायसँग पनि आग्रह गरिएको छ। विज्ञप्तिमा भनिएको छ, 'यस कठिन र महत्वपूर्ण अवस्थामा अफगानीहरुलाई एक्लै छोड्नु हुँदैन। 

National life insurance

मंगलबार नै तालिबानमा विदेशमन्त्री र अफगानिस्तानका लागि पाकिस्तानी राजदूतबीच पनि भेटवार्ता भएको थियो। रुसले भने अफगानिस्तामा गठन भएको तालिबान सरकारका विषयमा कुनै स्पष्टता पारेको छैन। 

रुसी राष्ट्रपतिका सहयोगीलाई कोरोना पोजेटिभ देखिएपछि उनी सेल्फ-आइसोलेसनमा बसेका छन्। 


प्रकाशित: Sep 14, 2021| 20:52 मंगलबार, भदौ २९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।
बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।