विराटनगर– प्रदेश १ सरकारले आगामी आर्थिक वर्ष २०७७–९७८ का लागि ४० अर्ब ८९ करोडको बजेट प्रदेश सभामा प्रस्तुत गरेको छ । यो आँकडा चालू आवको भन्दा १ अर्ब ३० करोड कम हो ।
आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्वोले सोमबार प्रदेश सभामा ४० अर्ब ८९ करोड ९९ लाख ४७ हजार बराबरको बजेट प्रस्तुत गरेका छन् ।
कुल विनियोजनमध्ये चालूतर्फ १८ अर्ब ९३ करोड ४९ लाख ९३ हजार अर्थात् ४६.२९ प्रतिशत, पुँजीगततर्फ २१ अर्ब ९२ करोड ५० लाख ४ हजार अर्थात् ५३.७१ प्रतिशत र वित्तीय व्यवस्थातर्फ ४ करोड रहेको छ । अन्तर सरकारी वित्त हस्तान्तरणका लागि २ अर्ब ८८ करोड ८२ लाख ४५ हजार विनियोजन गरेको उनले बताए ।
आगामी आर्थिक वर्षका लागि अनुमान गरिएको खर्च व्यहोर्ने स्रोतमध्ये आन्तरिक स्रोतबाट ४ अर्ब ७५ करोड ७ लाख ४७ हजार, राजस्व बाँडफाँटबाट १० अर्ब ३ करोड ५४ लाख र अनुदानबाट १५ अर्ब ११ करोड ३८ लाख व्यहोरिने बजेटमा उल्लेख छ ।
आगामी आवमा प्रदेश १ को आर्थिक वृद्धिदर ३.४१ प्रतिशत रहने अनुमान गरिएको छ । कोरोना महामारीको अन्त्य कहिले हुन्छ भन्ने पूर्वानुमान गर्न नसकिने भएकाले आर्थिक वृद्धिको यो दरलाई बढाउन चुनौती रहने बजेटमा उल्लेख छ ।
यसैगरी प्रदेश १ मा रहेका १३७ वटै स्थानीय तहलाई न्यूनतम ५० लाख अनुदान दिइने भएको छ ।
बजेटको पूर्णपाठ