शुक्रबार, भदौ १९, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • सरकारले तोकेभन्दा सस्तो दरमा ओमनबाट १६६ यात्रु लिएर आयो सलाम एयर

सरकारले तोकेभन्दा सस्तो दरमा ओमनबाट १६६ यात्रु लिएर आयो सलाम एयर

ओमानबाट १६६ यात्रु बोकेर सलाम एयरको जहाज काठमाडौं अवतरण गरेको छ।
 |  सोमबार, असार १, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, असार १, २०७७

काठमाडौं– ओमानबाट १६६ यात्रु बोकेर सलाम एयरको जहाज काठमाडौं अवतरण गरेको छ।

कोरोना भाइरसले अप्ठ्यारोमा परेका नेपालीको ओमानस्थित नेपाली राजदूतावाससँगको सहकार्यमा सलाम एयरले नेपाल उडान गरेको हो।

सलाम एयरले नेपाल सरकारले तोकेको चार्टड भाडाभन्दा सस्तो दरमा उडान भरेको छ।

विमानमा सवार यात्रुले ३६ हजारका दरले टिकट खरिद गरेका छन्। जबकि सरकारले गरिरहेको चाटर्ड उडानको भाडा प्रतियात्रु ४५ हजार तोकिएको छ।

सलाम एयरले ४ असारमा काठमाडौंको लागि दोस्रो उडान गर्दैछ। नेपालमा सलाम एयरको व्यवस्थापन आईएमई ग्रुपले गर्दै आएको छ।

उक्त एयरलाइन्सले नेपालमा आफ्नो हवाई सेवा विस्तार गरेको डेढ वर्ष पुगेको आईएमई ट्राभलका प्रमुख कार्यकारी अधिकृत विनोद सापकोटाले जानकारी दिए।

सलाम एयरले अहिले २० गन्तव्यमा उडान भर्दै आइरहेको छ।

प्रकाशित: Jun 15, 2020| 16:25 सोमबार, असार १, २०७७
प्रतिक्रिया दिनुहोस्