शुक्रबार, असोज ४, २०८१
  • गृहपृष्ठ
  • अर्थ
  • कर्णाली : पौने ३४ अर्बको बजेट, कोरोनाबाट मृत्यु भएका परिवारलाई १ लाख राहत (पूर्ण पाठसहित)

कर्णाली : पौने ३४ अर्बको बजेट, कोरोनाबाट मृत्यु भएका परिवारलाई १ लाख राहत (पूर्ण पाठसहित)

कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ३३ अर्ब ७३ करोड १३ लाख ५३ हजारको बजेट ल्याएको छ।
 |  सोमबार, असार १, २०७७
nespernesper

देव राना

देव राना

सोमबार, असार १, २०७७

सुर्खेत- कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ३३ अर्ब ७३ करोड १३ लाख ५३ हजारको बजेट ल्याएको छ।

triton college

प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले सोमबार कर्णाली प्रदेश सभामा बजेट प्रस्तुत गरेका हुन्।

विनियोजित बजेटमध्ये पुँजीगततर्फ १९ अर्ब ६ करोड ९१ लाख २१ हजार छ। चालुतर्फ ११ अर्ब ६७ करोड ५७ लाख ३२ हजार विनियोजन गरिएको छ। 

जसमा वित्तीय हस्तान्तरणतर्फ २ अब ९९ करोड ६५ लाख विनियोजन गरिएको छ।

प्रदेश सरकारले रोजगारीतर्फ २ अर्ब ५७ करोड २६ लाख र अन्य कार्यक्रम तथा प्रशासनिक खर्चतर्फ ८ अर्ब ५१ करोड ९० लाख ३२ हजार बजेट विनियोजन गरेको मन्त्री ज्वालाले बताए।

Metro Mart
vianet

प्रदेशले आगामी आर्थिक वर्षका लागि ३० करोड ५ लाख ५३ हजार राजस्व उठाउने लक्ष्य लिएको छ। बजेट प्रस्तुत गर्दै मन्त्री ज्वालाले कोरोनाका कारण मृत्यु हुने नागरिकका परिवारलाई १ लाख राहत दिने घोषणा गरेका छन्।

बजेटकाे पूर्ण पाठ

प्रकाशित: Jun 15, 2020| 13:15 सोमबार, असार १, २०७७
प्रतिक्रिया दिनुहोस्