बुधबार, कात्तिक १९, २०८२
  • गृहपृष्ठ
  • विदेश
  • तालिबानी विदेशमन्त्रीद्वारा पाकिस्तानी र चिनियाँ राजदूतसँग भेटवार्ता

तालिबानी विदेशमन्त्रीद्वारा पाकिस्तानी र चिनियाँ राजदूतसँग भेटवार्ता

तालिबान सरकारका विदेशमन्त्री मौलवी अमीर खान मोत्तकी र अफगानिस्तानका लागि पाकिस्तानी राजदूतबीच भेटवार्ता भएको छ।
 |  मंगलबार, भदौ २९, २०७८

बीबीसी

बीबीसी

मंगलबार, भदौ २९, २०७८

काबुल- तालिबान सरकारका विदेशमन्त्री मौलवी अमीर खान मोत्तकी र अफगानिस्तानका लागि पाकिस्तानी राजदूतबीच भेटवार्ता भएको छ। 

Kumaribank

विदेशमन्त्री मोत्तकीले ट्विटमार्फत पाकिस्तातनी राजदूतसँग भेटवार्ता भएको बारे जानकारी गराएका हुन्। 

उनले आफ्नो ट्विटमा लेखेका छन्, 'आज दिउँसो पाकिस्तानी राजदूत मंसुर अहमद खानसँग भेटघाट भयो। बैठकको समयमा स्पिन बोल्दक र चमन सीमा क्षेत्रमा दुई देशका नागरिकको आवतजावतबारे कुराकानी भएको छ।' 

मोत्तकीले पाकिस्तानी राजदूतले पाकिस्तानमा पुगेका अफगान शरणार्थीहरुको मानवीय सहायता दिने विषयमा प्रतिबद्धता व्यक्त गरेको जानकारी गराएका छन्। 

उनले मंगलबार नै चिनियाँ राजदूत वाङ यूसँग पनि भेटघाट गरेका छन्। भारतीय सञ्‍चारमाध्यमका अनुसार चिनियाँ राजदूतले विदेशमन्त्री मोत्तकीसँग मानवीय सहायता र आर्थिक सहयोगको प्रतिबद्धता व्यक्त गरेको छन्। 

Metro Mart

तालिबान समूहले १५ अगस्तमा काबुल कब्जा गरेपछि अधिकांश देशहरुले आफ्नो अफगानिस्तानमा रहेका राजदूतावास छोडेका थिए। पाकिस्तान र चीनका राजदूताहरु भने अझै पनि काबुलस्थित आफ्नो दूतावासमा रहेका छन्। 

पाकिस्तान र चीनले तालिबानले गठन गरेको नयाँ सरकारलाई समर्थन गरेका छन्। तर, पश्‍चिमा मुलुकहरु भने पर्ख र हेरको अवस्थामा रहेका छन्। 


प्रकाशित: Sep 14, 2021| 18:27 मंगलबार, भदौ २९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।