शुक्रबार, पुस ११, २०८२

कर्णालीमा कोरोना संक्रमितको संख्या ९ सय नाघ्यो

कर्णाली प्रदेशमा कोरोना संक्रमितको संख्या ९ सय नाघेको छ।
 |  शनिबार, जेठ ३१, २०७७

देव राना

देव राना

शनिबार, जेठ ३१, २०७७

सुर्खेत- कर्णाली प्रदेशमा कोरोना संक्रमितको संख्या ९ सय नाघेको छ।

National life

प्रदेश अस्पताल र पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा आज थप ७० जनामा संक्रमण पुष्टि भएसँगै कर्णालीमा संक्रमितको संख्या ९ सय १६ पुगेको हो।

शनिबार संक्रमण पुष्टि भएकामध्ये सुर्खेतका ४० र दैलेखका ३० जना छन्।

कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयका स्वास्थ शाखा प्रमुख नवराज कँडेलका अनुसार नयाँ संक्रमण पुष्टि भएका सुर्खेतका ४० जनामध्ये गुर्भाकोटका १२ जना, भेरीगंगाका १० जना, बराहतालका ९ जना, चौकुनेका ८ जना र वीरेन्द्रनगरका १ जना छन्।

त्यस्तै दैलेखका ३० जनामध्ये आठबीसका २० जना, नौमुलेका ९ जना र डुङ्गेश्वरका १ जना छन्।

Laxmi sunrise bank
kumari

त्यस्तै आनै दैलेखबाट ९ जना व्यक्ति संक्रमण मुक्त भएका छन्। मन्त्रालयका अनुसार दैलेख अस्पतालमा ५ जना र दुल्लु अस्पतालमा ४ जना संक्रमण मुक्त भएका हुन्।

योसँगै कर्णालीमा कोरोना संक्रमणमुक्त हुनेको संख्या ९१ पुगेको। प्रदेशमा हालसम्म ३ जनाको कोरोनाका कारण मृत्यु भएको छ।

प्रकाशित: Jun 13, 2020| 14:15 शनिबार, जेठ ३१, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।